बेपत्ता भएको १९ दिनपछि शव भेटियो

अनलाइन दर्पण 2018-09-14
img

पाल्पा, २९ भदौ । १९ दिनदेखि बेपत्ता भएका एक युवा मृत भेटिएका छन् । तानसेन नगरपालिका–१ भुसालडाँडा घर भएका ३६ वर्षीय सुनिल क्षेत्रीको शव  घर नजिकैको खोल्सामा फेला परेको हो ।

युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको शव घरदेखि सय मिटर मात्र पर खल्लुकधारा खोल्सामा भेटिएको प्रहरीले जनाएको छ ।

शव कुहिसकेको अवस्थामा भेटिएको छ । उनका बुबाले कपडा र अन्य शरीरको भागबाट उनको पहिचान गरेको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।

भदौ ११ गते बिहान घरबाट हिडेका उनी त्यसयता घर फर्केका थिएनन् ।

बाबु चन्द्र केसीले पाल्पा र रुपन्देही प्रहरीमा खोजतलासका निवेदन दिएका थिए ।

सम्बन्धित समाचार