यज्ञराज उपाध्याय / टीकापुर,२० भदौ । जानकी गाउँपालिकाका फरक दुई वडामा दुई जनाले एकैदिन झुन्डिएर आत्महत्या गरेका छन ।
वडा नम्बर २ खर्गुहार बस्ने १७ बर्षिय सुमन चौधरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन ।
चौधरीले किन र के कारणले हत्या गरेकी हुन त्यो अहिलेसम्म खुल्न सकेको भने छैन । उनले बुधबार झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । चौधरीले आत्महत्या गर्नुको रहस्य बारे प्रहरीले मुचुल्का तयार गरि अनुसन्धान गर्दै गरेको डिएसपी सिंहले बताए ।
यस्तै सोही गाउँपालिका वडा नम्बर ८ पालबाजर बस्ने अन्दाजी १८ बर्षिय पुरन तिमिल्सिनाले पनि मंगलबार नै नजिकैको जंगलमा झुन्डिएर आत्महत्या गरेका हुन ।
तिमिल्सिना ऐश्वर्य सामुदायिक वनमा अवस्थामा मंगलबार फेला परेका थिए ।
एकैदिन जानकी गाउँपालिकामा दुई जनाले झुन्डिएर आत्महत्या गर्नुको रहस्य के हुन सक्छ र भर्खरैका विद्यार्थीहरुले किन झुन्डिएर आत्महत्या गरे यसको अनुसन्धानमा प्रहरी सक्रिय भएर लागेको छ तर यो समाचार तयार पार्दा सम्म भने हामिलाइ अनुसन्धानको कुनै कुराको जानकारी प्राप्त भएको छैन ।