अंगद यादव/ नवलपरासी सुस्ता पश्चिम २८ साउन
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा २२ जना अपाङ्गता भएको व्यक्तिहरुलाई ह्वीलचर तथा ट्राईर्साइकल वितरण गरिएको छ ।
जनजागृति अपाङ्ग संस्था नवलपरासीकोे आयोजना तथा प्रतापपुर र सुस्ता गाउँपालिका एवं राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाज अनामनगर काठमाण्डौको आर्थिक सहयोगमा प्रतापपुर र सुस्ता गाउँपालिबाट गरि कुल २२ जनालाई ह्वीलचेयर र ट्राईसाइकल वितरण गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सांसद अजय बहादुर शाहीकाे हातबाट १४ जना अपाङ्गहरुलाई ह्वील चेयर र ८ जनालाई ट्राईसाईकल वितरण गरिएको हो ।
अपाङ्गहरुलाई संरक्षण र हिलडुल गर्ने सजिलो हाेस् भन्ने उद्देश्यले ह्वीलचेयर तथा ट्राईसाईकल वितरण गरिएको अायाेजक संस्थाका अध्यक्ष बच्चा राजभरले बताउनु भयाे ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अजय बहादुर शाही, प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्मा, सुस्ता गाउँपालिका प्रमुख रामप्रसाद पाण्डे, राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाजका प्रमुख सुगम भट्टराई, प्रतापपुर गाउँपालिका वार्ड ६ का अध्यक्ष हरि उपाध्याय, ८ का वार्ड अध्यक्ष कादिर अलि लगायतले अपाङ्गहरुको समस्यालाई सामाधान गर्नको लागि प्रतिबद्धता व्यक्त गरे ।
वक्ता तथा गाउँ पालिका प्रमुख र वडाध्यक्षहरुले अपाङ्गहरुको हकहित अधिकार स्थापित गराउन र संरक्षणमा सहयोग गर्ने आफुहरु एकदमै लागि पर्ने प्रतिबद्धता गरेको बताउनु भयो ।