२६ असार । लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले मंगलबार झापामा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र निजगढका बिष्णु थापा रहेकाे प्रहरीले जनाएकाे छ।
लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले नियमित चेकजाँच गर्ने क्रममा डाँगीको साथबाट साढे ४ ग्राम ब्राउन सुगर बरामद भएपछि उनकै बयानका आधारमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले जनाएको छ।
डाँगीले सर्टको बाहुलाभित्र लुकाएर ब्राउन सुगर बोकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।