ससुराली गएका एक युवकको कुटपिटबाट ज्यान गयो

अनलाइन दर्पण 2018-06-13
img

सप्तरी – सप्तरी ससुराली गएका एक युवकको कुटपिटका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिकौल बस्ने तीस वर्षीय दीपेन्द्र मण्डल रहेका छन् ।हत्या गरेको आशंकामा प्रहरीले गए राती सदरमुकाम नजिकै को गाउँबाट तीनजनालाई पक्राउ गरेको हो ।

बहुविवाह गरेका मण्डल आफ्नी कान्छी श्रीमतीको माइतीघर राजविराज नगरपालिका वडा न।९ मलेड गएका बेला कुटपिटका कारण गएराती नौ बजेतिर उनको मृत्यु भएको हो । यद्यपि पक्राउ परेकाहरुको नाम भने सार्वजनिक भइसकेको छैन् ।

अत्यधिक मदिरा सेवन गरेका मण्डलको श्रीमतीसँग विवाद भएको र सोही क्रममा कुटपिटका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।मृतक मण्डलको शव पोस्टर्माटमका लगी गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा राखिएको छ । ओएसनेपाल

सम्बन्धित समाचार