कपिलवस्तुमा एक ससुराले आफ्नाे बिधवा बुहारीकाे विवाह गरिदिएका छन् । जिल्लाकाे शिवराज नगरपालिका चन्द्रौटाका एक जना सेवा निबृत्त शिक्षकले आफ्नै बिधवा बुहारीको पुनर्विवाह गरिदिएका हुन् ।
पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्को बिहेको कुरा गर्दा कुनै अनौठो नमान्ने तर एकल विधवा महिलाको पुनर्विवाहबारे छलफल गर्न समेत हिच्किचाउँने हाम्राे समाजमा चन्द्रौटाका श्याम गुप्ताले आफ्नै बिधवा बुहारीको पुनर्विवाह गरिदिएर सारा समाजलाई अचिम्मत तुल्याएका छन् ।
गुप्ताले आफ्नै बिधवा बुहारी किरन गुप्ताको पुनर्विवाह गरिदिएका हुन् ।
गुप्ता दम्पतिका जेठा छोरा अमितराज कसौधनको केही बर्ष पहिले सड़क दुर्घटनामा मृत्यु भएको थियो।
विधवा एक त्यस्ती महिला जसले आफ्नाे श्रीमानको मृत्युपश्चात उसलाई सधैकाे लागी गुमाउदछिन । श्रीमानलाई मात्र नभएर एक प्रेमिका र छाेराछाेरीहरुकाे बुवालाई गुमाएकी हुन्छिन । त्यसपछि वास्तवमा उनले निकै कठीनाई र दुखहरुकाे सामा़ना गर्नुपर्ने हुन्छ । बच्चाहरुका लागी आमाकाे साथै बुवाकाे भूमिका पनि आफैले निभाउनुपर्ने हुन्छ । आर्थिक, भावनात्मक र मनाेवैग्यानिक तवरले उनी ज्यादै कमजाेर हुन्छिन । श्रीमानकाे मृत्युपछि उनलाई नयॉ जीवन लामाे लाग्दछ र कुनै निर्णय या जिम्मेवारी लिन आफूलाई असक्ष्यम महसुस गर्दछिन ।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।
आजकल त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।
तैपनि सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो । आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो ।
सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।
सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ ।
आफ्नाे पवित्रतालाई कायम राख्न र स्रीमानकाे अनुपस्थितीमा मनाेवैग्यानिक र भावनात्मक रित्ताेपनलाई पूरा गर्नका लागी पुनर्विवाह गर्नुपर्छ| जीवनमा आइपर्ने समस्या र कठीनाईहरुकाे सामना गर्नका लागी र आफ्ना छाेराछाेरीहरुलाई नम्र र दयालु बुवाकाे जस्तै स्थान दिने बुवा दिनका लागी पुनर्विवाह गर्नुपर्छ । पुनर्विवाह गर्दा परीवारमा गरिबी आउदैन र बच्चाहरु अनाथ पनि हुदैनन| समय बित्दै जॉदा जीबनमा नयॉ परिस्थितीहरु आउछन त्यस्ता परिस्थितीहरु संगै मिलेर सामना गर्न सकिन्छ सबै बाेझ आफैलाइ मात्र पर्दैन|
ईस्लामले विधवालाई पुनर्विवाह गर्ने आदेश दिएकाे छ त्यसैले त्याे आदेशकाे पालना गरेर अल्लाहलाई खुशी बनाउनका लागी पनि पुनर्विवाह गर्नुपर्छ| स्रीमानकाे मृत्युपछी परेकाे समस्या न्युनतम गर्नका लागी र विधवालाई हेरिने कुदृष्टी र दुर्व्यवहारकाे अन्त्य गर्नका लागी पनि पुन: निकाह गर्न आवश्यक छ । समाजमा सबै महिलाहरु समान अधिकार र प्रतिष्ठाका साथ बस्न पाउछन त्यसैले पनि एक विधवा महिलाले पुनर्विवाह गर्नुपर्छ| समाजमा बच्चाहरुलाई नाजायज भनेर आराेप प्रत्याराेप लगाइन्छ यदी पुनर्विवाह गरिन्छ भने त्यस्ताे गलत साेंच्ने हिम्मत कसैमा हुदैन| ईस्लाममा विधवाकाे पुनर्विवाह अति नै पुण्यकाे काम हाे| यस्ताे विवाहलाई समाजमा मान्य बनाउनका लागी खुद हुजुर(صلی اللہ تعالی علیہ وسلم) ले पहिलाेपटक विधवा महिला हजरत खदिजा(رضی اللہ تعالی عنہا) संग विवाह गरेर उदाहरण प्रस्तुत गर्नुभयाे| याे एक सुन्नतकाे अमल पनि हाे जसबाट पुण्य प्राप्त हुन्छ ।
हुजुर(صلی اللہ تعالی علیہ وسلم) ले भन्नुभएकाे छ,”जाे अनाथको सम्पत्ति अन्यायपूर्ण खान्छ,उसले आफ्नै शरीरकाे आगाे खान्छ| तिनीहरु चॉडै टिकाउ हुने धपधपी बलेकाे आगाे हुनेछन” तसर्थ सम्पतिकाे शुरक्छ्या एक विधवा महिलाबाट सुरक्छित पक्कै हुन सक्दैन त्यसैले आफ्नाे सम्पत्तीकाे सुरक्छ्याका लागी पनि पुनर्विवाह गर्नुपर्छ|
विधवा र अनाथलाई हेरचाह गर्नुपर्ने आदेश कुरआनमा रहेकाे छ| जसले विधवा महिलालाई विवाह गर्छ उसलाई ईस्लामले ठूलाे महत्व दिएकाे छ| पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) का धेरै स्रीमतीहरु विधवा हुनुन्थ्याे त्यसैले याे एक सुन्नतकाे अमल पनि हाे| हदिसहरुमा वर्णन गरिएकाे छ की जसले अनाथलाई हुर्काउछ र विधवासंग निकाह गर्छ उ अल्लाहकाे रसुल(صلی اللہ تعالی علیہ وسلم) काे प्याराे हुन्छ अब आफै साेच्नुहाेस त्याे पुरुष कत्तिकाे भाग्यमानी हुन्छ र कति सवावकाे भागीदार बन्छ हाेला???? जाे पुरुष विधवालाई विवाह गर्छ र उसका बच्चाहरुलाई सहयाेग गर्छ वास्तवमा त्याे अति नै सम्मानित र प्रशंसनीय हुन्छ ।
विधवालाई पनि पहिलाे श्रीमानलाई तूलना गरेर नयॉ श्रीमानकाे रूचाइलाई बुझ्न सजिलाे हुन्छ| उनी परिपक्व भइसकेकी हुन्छिन पहिलाे श्रीमान अनुसार आफ्नाे व्यवहार विकसित भइसकेकाे हुन्छ त्यसैले पुरुषलाई धेरै फाइदा पुग्न जान्छ|
यदी विधवा महिलाका पहिलेनै छाेराछाेरी छन भने झन दाेब्बर फार्इदा त्याे पुरुषलाई पुग्छ जस्ले विधवा महिलालाई विवाह गरेर हेरचाह गर्नु ठूलाे दानकाे मान्यता प्राप्त गर्नु हाे ।
जस्ताे की हुजुर(صلی اللہ تعالی علیہ وسلم) ले भन्नुभएकाे छ,”जाे विधवा र गरिबकाे लागी काम गर्छ र हेरचाह गर्छ,उ अल्लाहकाे निमित्तकाे लागी लड्ने एक याेद्धा जस्तै हाे र त्याे जस्तै हाे जाे प्रत्येक रात प्रार्थना गर्छ र प्रत्येक दिन ब्रत बस्छ|” तर ध्यान दिनुपर्ने कुरा याे की ईस्लामिक कानुन अनुसार स्रीमानकाे मृत्युकाे चार महिना दश दिन पछि मात्र कुनै पुरुषले निकाह गर्न सक्छ त्याे भन्दा अगाडी जायज छैन ।