श्रम कानुन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

अनलाइन दर्पण 2018-04-09
img

उज्ज्वल अनुप/ताप्लेजुङ्ग । बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि  श्रमिक तथा कामदार महिलाहरुका लागि  बनेको श्रम कानुन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

फालेलुंग गाउपलिका वडा न ५ प्राङ्बुङ्ग्मा आज महिला जागरण संघ  शाखा पाँचथर , पैरबी चुनौती कोष , आइएलओको  उन्नति समाबेशी कार्यक्रम र सेसेलुङ्ग अदुवा कृषक  समुहको आयोजनामा उक्त श्रम कानुन सम्बन्धि  अभिमुखिकरण गोष्ठी  सम्पन्न भएको हो ।

गोष्ठीको सहजीकरण राम रिमाल र आइएलओका कार्यक्रम संयोजक राजेन्द्र राईले गर्नु भएको थियो ।

गोष्ठीमा ४० जनाको सहभागीता रहेको थियो ।

गोष्ठीमा वडा सदस्य हरि प्रसाद नेपाल, बिभिन्न राजनैतिक दलका प्रतीनिधी तथा सघ सस्थाका प्रतिनिधिहरु साथै समाजसेवी  एबम  बुद्दिजिबिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार