यज्ञराज उपाध्याय / टीकापुर, चैत २५ । स्थानिय तहको निर्वाचन सम्पन्न भएर पनि जनताबाट निर्वाचित जनप्रतिनिधी आ-आफ्नो स्थानिय तह र वडामा आईसकेको महिनौ भैसक्दा पनि जनताले पहिले र अहिलमा केही फरक नपाएको गुनासोहरु गरिरहेका छन । सिंहदरबारमा केन्द्रित भएका जनताका २२ अधिकारहरुलाई जनताको गाउँ, नगरमा पुर्याऊने भन्दै विभिन्न सादा रङिन आश्वासन दिएर स्थानीय तहको निर्वाचनमा सफल भएका जनप्रतिनिधिहरुले अहिल चुनाव जितेको यति लामो समयसम्म पनि स्थानीय तहमा सिंहदरबार मध्य सिंह मात्र ल्याईएको दरबार नल्याईएको जनताको गुनासो रहेको छ ।
त्यस्तै गुनासो पाउने मध्य टीकापुर नगरपालिका पनि एक हो । जहाँ स्थानीय तहको चुनाव दोश्रो चरण अन्तर्गत असाढ १४ गते सम्पन्न भएको थियो । स्थानीय तहको चुनाव सम्पन्न भएको आज २८५ दिन बितिसक्दा पनि यहाँका जनप्रतिनिधिहरु योजना बनाउन मै ब्यस्त रहेका छन । विभिन्न वडाका अध्यक्षसङ्ग अन्तर्वार्ता लिदा अहिल सम्म खासै केही प्रगती नगरिएको तर योजना भने गतिलै बनाएको जानकारी पाईन्छ । जनताले केही आशा गरेर निर्वाचित गरेका विभिन्न वडाका अध्यक्षहरुलाई जनताले तपाईहरु प्रती गरेको बिश्वासलाई कसरी हेर्नू भएको छ ? भनेर सोध्दा हामीले जनताहरुले गरेको आशा पूरा गरिसकेको उत्तर दिन्छन अध्यक्षहरु तर जनताहरु भने आफुले जे आशा जनप्रतिनिधिबाट गरिएको थियो त्यो पूरा नगरिएको बताउछन ।
टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यका अनुसार वडा नम्बर १ का लागि अब गतिलै योजनाहरु अघि सारिएका छन । अहिलसम्म वडा नम्बर १ मा सडक, पुल, कल्भर्ट निर्माणमा ध्यान दिईएको आचार्यले अन्तर्वार्ताका क्रममा बताए । १ नम्बर वडाका जनताहरुले पनि आचार्यका बारेमा राम्रै टिप्पणी गर्ने गरेको भएता पनि अहिल सम्म काम हैन योजनालाई मात्र ध्यान दिएको आरोप लगाउने गरेका छन । अध्यक्ष आचार्यले वडा स्तरबाट पुर्वाधार बिकास, आर्थिक बिकास, सामाजिक बिकास, बाताबरण एवं बिपत ब्यवस्थापन इत्यादि अन्तर्गत बिशेष योजनाका साथ कार्यहरु अघि बढेकाले अहिल जनताले पनि जनप्रतिनिधि पाएको अनुभव गरिसकेकोमा खुशी समेत ब्यक्त गरेका हुन । तर जनताहरु भने जनप्रतिनिधिका योजनाले दिक्क भएको बताईरहेका छन । आचार्यले वडाबाट सुरु भएका महत्त्वपूर्ण योजना भित्र पुर्वाधार बिकास अन्तर्गत वडाकै सबैभन्दा ठूलो योजना खक्रौला रोड देखि दक्षिण जगत बोहराको घर हुँदै वनगाउं दक्षिणपुरुवा हुँदै बाघमारा सम्मको सडक कालोपत्रे योजना भएको बताएका छन । जुन योजना ४९ लाख ५० हजारको रहेको अध्यक्षले जानकारी दिए । यस पश्चात वडा नम्बर १ बाटै सुरु गरिएको योजना भित्र आर्थिक बिकास अन्तर्गत तरकारी संकलन तथा बजारीकरण केन्द्रका लागि पुर्वाधार निर्माण ८ लाखको योजना समेत रहेको छ । जसको भर्खर काम सुरुवात गरिदैछ । चुनावमा होमिएको बेला जनताका अगाडी आफुले खाएका बाचा र चुनाव जित्नका निमित्त ब्यक्त गरेका प्रतिबद्धताहरु निस्वार्थ र निस्पक्ष रुपले पूरा गर्ने बताउदै आचार्यले भने जनताको आवश्यकतालाई मध्यनजर गर्दै ८ लाख बराबरको बाताबरण तथा बिपत ब्यवस्थापन अन्तर्गत ब्लक नम्बर १६ को ओपन स्पेशमा चिन्ड्रेन पार्क निर्माण गरिन लागेको आचार्यले बताए । जसको काम ५०% सम्पन्न भैसकेको बताउदै आचार्यले अझै काम जारी रहेको बताए । पुर्वाधार बिकास अन्तर्गत नै वडा नम्बर १ का विभिन्न ब्लकहरुमा करिब ६ वटा कल्भर्टहरु निर्माण गरिने योजना पास हुने क्रममा रहेका छन भने वडा नम्बर १ ब्लोक नम्बर ६ र ७ मा पुर्वाधार बिकास अन्तर्गत सम्पुर्ण २० फुटे बाटाको माटो पटानि तथा ग्राभेलका लागि काम सुरु भएको र यस अन्तर्गत ८० प्रतिशत काम सम्पन्न भएको आचार्यले भने जो ६ लाखको योजना हो ।
त्यस्तै वडा नम्बर २ का अध्यक्ष प्रकाश बुढाले पनि अहिलसम्म गरिएका कामहरु भन्दा योजनाहरु थुप्रै रहेको बताएका छन । यो आर्थिक बर्ष २०७४/०७५ अन्तर्गत भन्दा पनि आगामी आर्थिक बर्षमा गतिलो बजेट सहित योजनाहरु ल्याउने बुढाले दाबी गरेका छन । "हामी जनप्रतिनिधिहरु नयाँ भएका कारण अलि काम गर्न गार्हो भैरहेको छ ।" बुढाले भने,"सिक्ने क्रममै छौं जनताले अपेक्षा गरेका कार्यहरु गर्ने छौं ।" चुनाव लडिरहदा आफू निर्वाचित भएपछि नयाँ हुन्छु भन्ने सोच्नु भएको थियो कि थिएन भनेर सोध्दा उहाँले चुनावमा होमिएको बेला पछिको नसोची चुनावमा निर्वाचित कसरी हुने भन्ने कुरा मात्र सोचिएको बताएका हुन । बढी जस्तो वडा नम्बर २ अन्तर्गत पर्ने शिविरका जनताहरुले वडाका कार्यहरुको बारेमा गुनासो गर्न थालेका छन । चुनावको बेला आफुले चुनाव जितेको केही दिनमै सडकलाई बिस्तार गर्ने, सडक नभएका ठाउँमा सडक बनाउने, कच्ची सडक भएका ठाउँमा ग्राभेल गरि कालोपत्रे गर्ने र ग्राभेल सडकलाई छिट्टै कालोपत्रे गर्ने प्रतिबद्धता गरिएकोमा अहिल चुनाव जितेको यत्रो समय भैसक्दा पनि शिविर तिरका बिकास कार्यलाई योजनाहरुमा मात्र सिमित गरिएको स्थानीयको गुनासो छ । तर वडा नम्बर २ का अध्यक्ष बुढाले भने वडा नम्बर २ का हरेक ठाउँमा सडक बिस्तारलाई पहिलो कार्यका रुपमा लिएको दाबी गरेका छन ।
त्यसै गरि वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारुले पनि अन्तर्वार्ताका क्रममा आफ्ना योजनाहरुको मात्रै वर्णन गरेका छन । आफुले गरेको कामहरुको जति व्याख्या वडा नम्बर १ र २ का अध्यक्षले गरे त्यति डगौराले गर्न सकेनन । उनले पनि आफू नयाँ भएकाले केही सोच्नै नभ्याईरहेको दुख पोखेका हुन । अहिल सम्म केही प्रभावकारी कार्य गर्न नसके पनि आगामी आर्थिक बर्षमा सबभन्दा राम्रो कार्य गरेर देखाउने डगौराको सपना रहेको छ । पर्यटकिय सम्भावना बोकेको नगरपालिकाकै राम्रो वडाका वडाध्यक्षले वडामा केही राम्रा कार्यहरु गर्न नसकेको जनताहरु बताउछन । वडाका विभिन्न ठाउँमा ब्यवस्थित कार्यहरु गरेर जनताको बिश्वास जित्नुको सट्टा अझै माखो मारे समान कार्य गर्न नसक्नु नै उनको कमजोरी रहेको स्थानीयको आरोप छ ।
जनप्रतिनिधिहरुले कामहरु भन्दा योजनालाई प्राथमिकता दिएकोमा जनताहरु चिन्तित रहेका छन । टीकापुर नगरपालिकामा जनप्रतिनिधिहरु मौन रहेको समेत केही बुद्धिजीवीहरुले आरोप लगाईरहेका छन । चुनावमा होमिएका बेला र रङिला घोषणापत्र देखाईरहेका बेला जति बिश्वासपात्र बनेका थिए उम्मेदवारहरु त्यति अहिल जनप्रतिनिधि भैसकेपछि देखिएका छैनन । महिला, युवा, बृद्ध, अपांग सबैका लागि गतिला योजनाहरु रहेको टीकापुर नगरपालिकाका सबै वडाका अध्यक्षहरुको साझा भनाई रहेको छ । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले पनि नगरबिकासमा महत्त्वपूर्ण पाईला चाल्न बेर लगाईरहेको केही बिकासप्रेमी नगरबासीहरुले बताएका छन । नगरको बिकासका रावलबाट नै यहाँका जनताले केही अपेक्षा गरेर निर्वाचित गरे तर निर्वाचित भएको लामो समय सम्म पनि नगरबासीको बिश्वास जित्न सक्ने कार्य गर्न नसकेकोमा जनताहरु मर्कामा पर्दै गएको समेत केहीको बुझाई रहेको छ ।