रबि लामिछानेको जस्तै अर्को कार्यक्रम "जनताको सिधा प्रश्न जनप्रतिनिधि सङ्ग" अछामबाट सुरु गरिने

अनलाइन दर्पण 2018-03-31
img

आफुले निर्वाचित गरेका जनप्रतिनिधिले अहिले सम्म के कस्ता कार्य गर्दै अार्इरहेकाछन् र आगामी दिनका लागि के कस्ता योजनाहरु बनाएका छन भन्ने सम्बन्धमा जनताले जनप्रतिनिधि सङ्ग प्रत्यक्ष र सिधा प्रश्न गर्न पाउने किसिमको कार्यक्रम सुरु हुने भएको छ ।

कैलालीका यूवा पत्रकार यज्ञराज उपध्यायले सुदुरका पहाडि जिल्लाका जनताका गुनासाहरु अब सिधै जनप्रतिनिधिसम्म  पुर्याउन सुरु गर्न लागेको यो कार्यक्रम पत्रकार रबि लामिछानेले चलाउने सिधा कुरा जनतासङ्ग कार्यक्रम जस्तै हो भन्दा फरक पर्दैन ।

प्रायः जनताहरु आफ्नो स्थानीय तहको कामकारबाहीको बारेमा बुझ्न सम्बन्धित स्थानीय तहको कार्यालय सम्म नपुग्ने तर आफ्नो क्षेत्रमा केही नभएको भन्दै बारम्बार दुखेसो गरिरहेने भएका कारण पछिल्लो समय जनप्रतिनिधि मनोपरी कामहरुमा लागेको समाचारहरु भाईरल भैरहदा सबै जनप्रतिनिधिलाई जनता आफैले खबरदारी गर्ने किसिमले यो कार्यक्रम जनताको सिधा प्रश्न जनप्रतिनिधि सङ्ग सञ्चालन गर्नलागेकाे उपाध्यायले अनलाइनदर्पणलार्इ बताउनु भयो ।

चुनावको समयमा आफ्नो जनप्रतिनिधि चुन्न मतदान गर्नु आफ्नो अधिकारको रुपमा लिने जनताहरु निर्वाचित गरिसकेपछि आफुले निर्वाचित गरेको जनप्रतिनिधिले के कस्तो कार्य गरे भनेर सुचना लिने र अधिकार पछिको कर्तव्य पालन नगर्ने प्रायः जनताहरुको जनसंख्या बढी भएका कारण प्रदेश नम्बर ७ का सबै स्थानीय तहमा यो कार्यक्रम गर्दै देशब्यापी रुपमा यो कार्यक्रमलाई अघि बढाउने र जनप्रतिनिधिका आज सम्मका काम र आगामी योजनाहरु जनताका अगाडी नै बाहिर ल्याउने कार्यक्रमको योजना रहेको पत्रकार उपाध्यायले बताए ।

सबैभन्दा पहिले अछामको जयगढ बान्निगढी गाउँपालिकाबाट कार्यक्रमकाे सुरुवात गरिने र त्यस पश्चात पायक पर्ने सबै स्थानिय तहहरुमा कार्यक्रम सञ्चालन गरिने उपाध्यायले बताए । कार्यक्रम संञ्चालनमा ल्याए सँगै सुदुर पहाडका  जिल्लाका जनताका गुनासाहरु अब सिधै जनप्रतिनिधि सम्म पुग्नेभएका छन् ।

सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख र सबै वडाका अध्यक्ष सहित अन्य जनप्रतिनिधिहरु, सबै मिडियाकर्मीहरु र जनताका माझमा यो कार्यक्रम गरेर प्रदेश नम्बर ७ मै मिडियाकर्मिले प्रदेश ७ को बिकासमा पहल गर्ने योजना रहेको छ ।

सम्बन्धित समाचार