कुन देशमा बलात्कारीलाई कस्ताे सजाय दिइन्छ ?

अनलाइन दर्पण 2018-03-30
img

बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक( फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ ।

बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो बिकशित मुलुकमा पनि बलत्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ । यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ ।

यसता अपराधलाई देशै पिच्छे फरक फरक सजाय दिने गरिन्छ । सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुको बारेमा जानकारी लिउ ।

साउदी अरेयिबा

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोश पारी हत्या गरिन्छ ।

चीन

चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ ।

अफगानिस्तान

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

फ्रान्स

बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।

उतर कोरिया

उतर कोरियामा बल्त्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।

सम्बन्धित समाचार