उदयपुर, १४ चैत । उदयपुरको कटारी नगरपालिका–११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटनामा परि चालकसहित २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।
सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी–घुर्मी सडकखण्डको गहुँबारीमा आज बिहान २ बजेतिर ना६ख ३२३१ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो।
दुर्घटनामा चालक बारा अम्लेखगञ्ज ४ का २३ वर्षीय पूर्णप्रसाद खनाल र मकवानपुर नामटारका ३१ वर्षीय सरोज मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रहरी निरीक्षक चन्द्रराज वंशीले जानकारी दिए।
दुर्घटनामा भक्तपुरका २४ वर्षीय सुवास तामाङ्ग, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले गम्भीर घाईते भएका इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।