सिन्धुपाल्चोक, ९ चैत।काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको यात्रुबस मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित चारघरेमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको यात्रुबस दुर्घटना भएको र मृत्यु हुनेहरूको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूकाेको उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।