मुकुण्डो बनाउने सीप सम्बन्धी तालिम सम्पन्न

अनलाइन दर्पण 2018-03-17
img

भक्तपुर, ०३ चैत । भक्तपुरको मध्यपुर ठिमीमा संचालित परम्परागत  मुकुण्डो बनाउने सीप विकास तालिमको आज एक कार्यक्रमबीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सुर्यविनायक भक्तपुरका प्रमुख सिताराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व उद्योग मंत्री एबम भक्तपुर क्षेत्र नम्बर २ का माननीय साम्सद महेश बस्नेत र  नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा बोल्दै पुर्व उद्योग मंत्री एबम भक्तपुर क्षेत्र नम्बर २ का माननीय साम्सद महेश बस्नेतले मध्यपुर थिमी कला र संस्कृतीको नगर भएकाले यस क्षेत्रको भौतिक पुर्बाधारहरुको विकाससंगै कला र संस्कृतीको समेत सम्बर्धन गर्नु पर्नेमा जोड दिए । स्थानीय नेवार जातीले बनाउने परम्परागत मुकुण्डो बनाउने तालिमका सहभागीहरुलाई धन्यवाद दिदै आफु यसको संरक्षण र सम्बर्धनको पहलकर्ता भएकाले तालिममा सहभागीहरुलाई तालिमबाट सिकेको ज्ञानलाई पेशामा परिणत गर्न समेत आग्रह गर्नुभयो ।

समापन समारोहमा मन्तब्य राख्ने क्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठले स्थानीय चित्रकार जातीले बनाउने परम्परागत मुकुण्डोभक्तपुरको मौलिक कला भएकाले यसलाई लोपहुनबाट जोगाउनुपर्ने भन्दै यसको उत्पादन बढाई प्रचार प्रसार गरेर बजार बिस्तार गरी स्वरोजगार बन्न सकिने बताउनु भयो । यस्ता तालिमहरु आगामी दिनमा अझै विस्तार गर्नका लागी आफुले सक्दो सहयोग गर्ने बताउदै तालिमका लागि मात्र तालिम नलिई सहभागीहरुलाई आगामी दिनमा व्यवसायिक र उद्यमी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई समापन गर्दै घरेलु तथा साना उद्योग कार्यालय सुर्यविनायक भक्तपुरका प्रमुख सिताराम खड्काले कार्यालयको सहयोगमा स्थानीय युवाहरुलाई  स्वरोजगार बनाउन नि:शुल्क २ महिने मुकुण्डो बनाउने सीप विकास तथा पेन्टिंग गर्ने रोजगारमूकल तालिम प्रदान गरिएको बताउदै आगामी दिनमा घरेलु उत्पादनको प्रबर्धनका लागि कार्यालयले आवस्यक थप कदम चाल्ने बताए ।

गत माघ ४ गतेदेखी चैत्र ३ गतेसम्म दूई महिना सञ्चालन भएको तालिममा मध्यपुर क्षेत्रका १२ जना युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षकमा बिगत लामो समयदेखी परम्परागत मौलिक कला र संस्कृतिको संरक्षणमा लागेका युवा सोम तामांग रहेका थिए ।

सम्बन्धित समाचार