आकासे पुल भत्किँदा ६ को मृत्यु, दश घाइते

अनलाइन दर्पण 2018-03-16
img

संयुक्त राज्य अमेरिकाको फ्लोरिडाराज्यस्थित मायामीशहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँदा कम्तिमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले शुक्रबार जनाएको छ । 

“करिब एक हप्ता पहिलेमात्र निर्माणसम्पन्न भएको उक्त आकासेपुल औपचारिक प्रयोगका लागि खुला भएको थिएन । पुल भत्किँदा घटनास्थलमा नै चार जनाको मृत्यु भएकोे छ भने अन्य दुईको उपचारका क्रममा निधन भएको छ,” मायामीका प्रहरी प्रवक्ता अल्वारो जावेलेटाले सञ्चारकर्मीसँग बताए । 

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन् । आपत्कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरूमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेका बताइउको छ । 

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा चारैतिर धुलोको मुश्लो उडेको देखेको र कारहरूबाट मानिसहरू चिच्याइरहेको आवाज सुनेको जानकारी दिएका छन् । स्थानीय समय अनुसार अपरान्ह दुई बजे भन्दा केही अघि मात्र उक्त ९ सय ५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो । उक्त घटनामा घाइते बनेका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार

Advertisement