बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

अनलाइन दर्पण 2018-02-21
img

बैतडी, ९ फागुन ।  मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीहरुलाई २८ वर्ष कैदकाे फैसला गरेको छ।

अदालतलेमंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको हो।

न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको हाे भने सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ। 

गत साउन ३ गते दुबैजनाले बालिकालाई सामूहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए।

उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई गिरफ्तार गरेको थियो। 

 

सम्बन्धित समाचार