वडा अध्यक्षले कुटे सेवाग्राही

अनलाइन दर्पण 2018-02-03
img

ओखलढुंगा-खिजिदेम्बा गाउँपालिका ७ का वडा अध्यक्षले सेवाग्राहीलाई कुटपिट गरेका छन् । श्रीमतीसँग नाता प्रमाणित गर्न भन्दै वडा अध्यक्ष भेट्न सदरमुकाम आईपुगेका स्थानीय गंगाबहादुर बस्नेतलाई वडा अध्यक्ष भुपेन्द्रबहादुर वस्नेतले कुटपिट गरेका हुन् ।

गंगाबहादुरले फोटो देखाएर श्रीमती हो भन्दै नाता प्रमाणित गर्न अध्यक्षलाई अनुरोध गर्दा अध्यक्ष वस्नेतले फोटो अर्कैकी श्रीमतीको भएको भन्दै प्रमाणित नगरिदिने अडान लिएका थिए ।

सदरमुकामको एक होटलमा गंगाबहादुरले अनुहार नै सुनिने गरी अध्यक्षको झापड खाएका हुन् ।

अर्काकी श्रीमतीको फोटो देखाएर नाता प्रमाणित गराई फसाउन खोजेपछि आफूले झापड लगाएको वडा अध्यक्ष वस्नेतले बताए । झुटा काम गराउन खोज्नेमाथि थप कारवाही गर्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

कुटाइ खाएपछि पीडित नाता प्रमाणित नै नगराई गाउँ फर्किएका छन् ।

सम्बन्धित समाचार