लाेकसेवा द्धारा एकैपटक ३९० जना शाखा अधिकृतकाे माग

अनलाइन दर्पण 2017-12-16
img

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृतको फर्म विभिन्न सेवाका लागि (खुला एवम् समावेशी) गरेर जम्मा ३९० पदको लागि दरखास्त अह्वान गरेको छ ।

अायाेगले व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेको छ ।

मावेशीतर्फ आदिवासी (जनजाति), मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले विभिन्न कोटा तोकेको छ ।

आयोगका अनुसार ४ चरणको परिक्षा क्रमस लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ ।

दरखास्त फारम अनलाइनबाटै भर्न  सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।

दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

सूची हेर्नुहाेस

१ खुल्लाः २०६ जना

२ महिला: ५९ जना

३ आदिवासी/जनजाती : ५२ जना

४. मधेशी: ३९ जना

५. दलित: १८ जना

६. अपाङ्ग: ९ जना

७. पिछडिएको क्षेत्र: ७ जना

फारम बुझाउने अन्तिम मिति २०७४।०९।१८

दोहोरो दस्तुरमा २०७४।०९।२५ सम्म

परिक्षा : प्रथम चरण २०७४।१०।२७ गते दिउसो २ वजे

सेयर गरौ !

सम्बन्धित समाचार

Advertisement