भक्तपुर । आध्यात्म र राजनीति एकै सिक्काका दुई पाटा हुन् भन्ने भक्तपुर क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्य प्रत्यासी हुनुहुन्छ माधब खत्री ।
लामो समय देखि राजनीतिमा नै सक्रिय रहँदै आउनुभएका खत्री चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोटका स्थाई बासिन्दा हुनुहुन्छ ।
२०३३ साल असारमा पिता साधुराम खत्री र माता सानुमैयाँ खत्रीको कोखबाट जन्मनुभएका खत्री १६ वर्षको उमेर देखि नै राप्रपामा सक्रिय रहँदै आउनुभएका नेता मध्यका एक हुनुहुन्छ ।
साविक दुवाकोट गाविसका वडा अध्यक्ष रहनुभएका आफ्ना ठूला बुबाको प्रेरणाबाट राप्रपामा सक्रिय रहनुभएका खत्री २०४९ साल देखि नै राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।
विद्यार्थी राजनीति मिनभवन क्याम्पस पढ्दा वी सेक्सनको प्रेसिडेन्टबाट सुरु गर्नु भएका खत्री ४ वर्ष राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रिय सदस्य ७ वर्ष राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनकै प्रवक्ता रहेर काम गर्नु भएको थियो ।
यस्तै पार्टीको मुल धारमा भने भक्तपुर जिल्लामा ३ वर्ष राप्रपा जिल्ला उपाध्यक्ष, ४ वर्ष राप्रपा जिल्ला अध्यक्ष समेत भई सक्नु भएको छ ।
दोस्रो संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ मा राप्रपा नेपालको तर्फबाट संविधान सभा सदस्य निर्वाचनका लागि उम्मेदवार समेत रहनुभएका खत्री हाल २०७८ देखि राप्रपा नेपालको बागमती प्रदेश अध्यक्ष हुनुहुन्छ ।
पार्टीमा सकृय रहदा पनि पार्टी भित्रका अराजक अनि गणेश प्रबृत्तिको खुलेर बिरोध गर्ने खत्रीले ६ बर्ष स्थानीय शान्ति समितिमा हुनुहुन्थ्यो । शान्ति समिति भक्तपुरको सदस्य भएर काम गर्दा सबै शीत मिलेर काम गरि नतिजा निकाल्न पर्छ भन्ने छुट्टै छाप छोड्नु भयको उहाँ तात्कालिन एक कुशल नेतृत्व कर्ता समेत हुनुहुन्छ ।
२०७० सालमा भएको संविधान सभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालले उहाँकै नेतृत्वमा भक्तपुरमा राप्रपा नेपाललाई समानुपातिक तर्फ तेस्रो ठूलो दल बनाउन सफल भयको थियो । भने आज सम्मै समानुपातिक तर्फ बाटै भएपनि भक्तपुरले राप्रपाका तर्फबाट एक जना साँसद पाएको थियो ।
राप्रपा नेपालको ईतिहासमै ऐतिहासिक सफलता दिलाउन सफल नेतृत्व कर्ता अहिले आफू अझै निखारियको बताउनु हुन्छ ।
राजनीति भनेको ज्ञान,बिज्ञान,कला,संस्कृति,ईतिहास र भुगोलको समेत गहिरो अध्ययन बाट गरिने बिषय भए पनि मन,शरीर,बुद्धि र चेतनाको समेत उचीत प्रयोग र ज्ञान अध्यात्म बाट प्राप्त गरेर मात्रै राजनीति सहज र सरल हुने साथै राजनीति कर्ताको मनले पनि खुसि र आनन्द मात्रै होइन राजनीति बाट परमानन्द पाउने बताउनु हुन्छ माधब खत्री ।
जब राजनीति कर्ताले अध्यात्म मार्फत आफ्नो बिचार पंच तत्व भन्दा पनि शक्तिशाली भयको अनुभुती गर्छ तब मात्रै उसले समाजको नेतृत्व सहि मानेमा दिन सक्छ । यसरी दिएको राजनीतिक नेतृत्वले मात्रै मुलुक र जनताको हित गर्ने बताउनु हुन्छ माधब खत्री ।
उसले राजनीति मा बैराज्ञेता हासिल नगरि समाजको नेतृत्व गर्दा निर्णायक ठाउँमा पुग्यो भने पनि चञ्चल मनका कारण रागहरुमा आसक्त हुन्छ र उचित निर्णय गर्न सक्दैन जसले गर्दा समाज निकै पछाडि पर्न सक्छ । यहि गहिरो कुरालाई राजनीतिमा स्थापित गराउने लक्ष्य पनि उहाँको रहेकोले आगामी चुनाबमा उहाँ उमेदवार बनेर सुरुवात गर्दै हुनुहुन्छ ।
राप्रपा नेपालको चुनाव चिन्ह तिर लिएर उम्मेदवारका रुपमा रहनुभएका माधब खत्री युवा नेतृत्वको उदाहरणका रुपमा रहनुभएको छ ।