कोरोना संक्रमतिको संख्या १०१ पुग्यो, कपिलवस्तुका २ जनामा संक्रमण

अनलाइन दर्पण 2020-05-07
img

काठमाडौं, २५ वैशाख । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु-०८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा हरेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । 

सम्बन्धित समाचार

Advertisement