दोलखाको सबै जनप्रतिनिधि पार्टी एकताको पक्षमा

अनलाइन दर्पण 2021-09-01
img

श्रीकृष्ण बुढाथोकी। भाद्र-१६,दोलखा। दल विभाजन अध्यादेश आएसँगै नेकपा एमालेको विभाजन पछि नेकपा एमालेबाट दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिई पार्टी एकताको पक्षमा लाग्ने भएका छन् । नेकपा एमाले विभाजन हुन पुगी माधव नेपाल समूहले नेकपा (एकिकृत समाजवादी) पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपनि दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले विभाजनको विपक्षमा उभिने निर्णय गरेका हुन् ।

सरकारले दल विभाजन अध्यादेश ल्याई राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनभित्रको समयसीमा दिएको छ।दोलखाबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद पूव सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङसहित जिल्लाका प्राय सबै जनप्रतिनिधिहरुले नेकपा एमालेमा नै रहेर पार्टी एकताको सन्देश दिएका छन् ।

समानुपातिक तर्फका संघीय सांसद शान्ति पाख्रिन पनि नेकपा एमालेमानै रहेकी छिन्। त्यसै गरी प्रदेशसभा सांसद रचना खड्का र सरस्वती बस्नेत एमालेमै छन् । स्मरण रहोस् पार्टी एउटै हुँदा माधव समुहकी प्रभावशाली नेतृ हुन् प्रदेशसभा सांसद रचना खड्का। वाग्मती प्रदेशका १२ जना एमाले सांसदले मंगलबार नयाँ दल रोज्दा सांसद खड्का त्यहाँ सहभागि भईनन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये दुई नगरसहित ७ वटा स्थानीय तहका प्रमुखहरु एमालेबाट निर्वाचित हुन् । उनीहरु सबै एमालेमै रहने भएका छन् ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिरी नगरप्रमुख टंक जिरेल, तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी र गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले एमाले नछाड्ने बताएका छन् ।

यसैगरी एमालेबाट निर्वाचित ७ उपप्रमुखमध्ये ६ जनाले एमालेमै रहने निर्णय गरिसकेका छन् । भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, जिरी नगर उपप्रमुख कृष्णमाया बुढाथोकी, तामाकोसी गाउँपालिका उपप्रमुख उर्मिला खड्का, कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक, गौरीशंकर गाउँपालिका उपप्रमुख उर्मिला थामी र शैलुङ गाउँपालिका उपप्रमुख लालमाया योञ्जन एमालेमै रहने भएका हुन् ।

त्यसमध्ये मेलुङ गाउँपालिका उपप्रमुख कल्पना भण्डारी अहिले खुलेकी छैनन्।

जिल्लाको जम्मा ६७ वटा वडा मध्ये स्थानीय तहको निर्वाचनमा एमालेबाट ३९ जना वडाध्यक्ष निर्वाचित भएका थिए ।त्यसमा केही बाहेक पार्टीबाट निर्वाचित सबै वडाअध्यक्षहरु एमालेमै रहने देखिन्छ।

सम्बन्धित समाचार

Advertisement