काठमाडौं, २२ भदाै । नवलपरासी पश्चिम प्रतिनिधि सभा १ का सदस्य तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले कर उठाउनका लागि कार्यदल गठन गर्न सुझाव दिएका छन्। जनतासँग सरकारले अनावश्यक कर उठाइएकोमा आक्रोश पोख्दै उनले कर उठाउने भए टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलबाट उठाउन पनि सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद त्रिपाठीले प्रतिव्यक्ति कर उठाउनेमा नेपाल अग्र स्थानमा रहेको भन्दै त्यो तत्काल कम गर्न र जनतालाई सास्ती दिने काम बन्द गर्न पनि सुझाव दिएका थिए।
उनले भने, 'कर उठाउने नै हो भने एनसेलसँग उठाउनुस् भन्न थालेका छन् जनता। अदालतको आदेशले घरी कर उठाऊ भन्छ घरी नउठाऊ भन्छ।' सांसद त्रिपाठीले थपे, 'अदालतको फैसलाका आधारमा ९ खर्ब राजश्व उठाउन बाँकी छ। यसबारे अर्थ मन्त्रालयलाई थाहै छैन। कार्यदल बनाएर कर उठाऊँ।'