सरकारको नेतृत्व गर्ने बारे एमाले-माअाेवादीबीच यस्तो भद्र सहमति

अनलाइन दर्पण 2018-02-20
img

काठमाण्डौ, ८ फागुन  । नेकपा एमाले र माओवादीका नेताहरुले पार्टी एकीकरणका लागि धेरै समयको अथक प्रयासपछि हिजो फागुन ७ गते सोमबार राति ११ बजे ७ बुँदे लिखित सहमति गर्न सफल भएका छन् ।

सात बुँदे लिखित सहमति सँगै सहमति पत्रमा नलेखिएका अरु भद्र सहमति पनि भएको माओवादी नेताहरूले बताएका छन् । माओवादी नेताहरूका अनुसार एमालेलाइ अर्थ मन्त्रालयसहित ९ मन्त्रालय र माओवादीलाइ गृहसहित ६ मन्त्रालय लिने भद्र सहमति भएकाे छ ।

त्यस्तै राष्ट्रपति तथा उपसभामुख एमालेले र सभामुख र उपराष्ट्रपति माओवादीले लिने सहमति पनि सात बुँदेमा उल्लेख नभएकाे बताएका छन् । 

भद्र सहमतिकाे मुख्य बुँदामा सरकारको नेतृत्व ३ बर्ष केपी ओलीले र पछिल्लो २ बर्ष प्रचण्डले गर्ने भन्ने सहमति भएकाे माअाेवादीका नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement