टेलिकमले ल्यायो सस्तो दरमा इन्टरनेटः प्रतिएमबी ३ पैसा मात्रै

अनलाइन दर्पण 2019-08-28
img

काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई मोबाइल इन्टरनेट सेवा ल्याएको छ । विभिन्न प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा ल्याएको हो ।

दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

यो प्याकेज लिएपछि २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्नेु पर्नेछ । १ जिबी डेटा चलाउन ४५ रुपैयाँ तिर्नुपर्छ । यो सुविधा लिनका लागि 1D1G  (वानडीवानजी) लेखेर १४१५ मा सन्देश(म्यासेज) पठाउनु पर्नेछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ ।

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो प्याकेज लिन 7D7G (सेभेन डी सेभेन जी) लेखेर १४१५ मा सन्देश(म्यासेज) पठाउनु पर्नेछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस छुट योजनामा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ ।

नेपाल टेलिकमको सबैभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो प्याकेज लिन 28D28G (टु एट डी टु एट जी) लेखेर १४१५ मा सन्देश(म्यासेज) पठाउनु पर्नेछ। यसमा २८ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र लाग्दछ ।

 

सम्बन्धित समाचार

Advertisement