कसरी बन्यो गुगल ? गुगलका संस्थापक ल्यारी पेजको कथा

अनलाइन दर्पण 2019-08-25
img

तपाई हामीलाई कुनै पनि विषयको बारेमा जानकारी चाहियो या ज्ञान चाहियो भने तपाई हामी सरण पर्ने भनेको गूगल कै हो I तपाई अहिले गुगल विनाको जिन्दगी कल्पना गर्न सक्नुहुन्छ ? शायद गार्है हुन्छ होला ।

तर, के तपाईलाई गुगलको अर्थ थाहा छ ? गणितको भाषामा सय वटा शुन्यले यदि एक वटा एक लाई पछ्याउँछ भने त्यसलाई गूगोल भनिन्छ । र, यो गुगल कम्पनीका मालिक हुन्, लरेन्स् इडवर्ड पेज अर्थात् ल्यारी पेज । ल्यारी विश्वको १२ औं धनि व्यक्ति समेत हुन् । त्यसैले गुगललाई ल्यारीको हिम्मत र विश्वासको प्रतिविम्ब हो भन्दा पनि फरक नपर्ला । किनकी सयवटा शुन्य हुनुभन्दा एउटा एक हुनुको अर्थ उनले राम्रैसँग बुझेका छन् । सन् २००६ मा युट्युबलाई समेत उनले  किनेका थिए । हाल उनी ४४ वर्षका छन् तर उनको सम्पत्ति ५० बिलियन डलर बराबरको छ ।

अहिले उनी गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको सिइओ छन् । उनको कम्पनीमा झण्डै ७६ हजार जना कर्मचारी काम गर्छन् ।

६ वर्षको उमेरदेखी कम्प्युटरमा रुची देखाएका पेज, आफुमा १२ वर्षको हुँदा नै सञ्चार र व्यापारलाई एउटै कम्पनी वनाउन सक्छु भन्ने भावना जागृत भएको मान्छन् । यसो हुनुमा उनको घरको वातावरण पनि प्रमुख कारण रह्यो । किनकी उनका वावुआमा दुवै जना कम्प्यूटरका हस्ती थिए ।

उनको जीवनमा वैज्ञानिक निकोला टेस्लाको गहिरो प्रभाव परेको छ । टेस्लाको जीवनी पढेपश्चात उनमा आविष्कारक बन्छु भन्ने भावना जागृत भएको वताईन्छ । आविष्कारलाई व्यापारमा परिणत गर्ने सोच भने उनले समाजमा भएका स्वार्थी मानिसबाट सिकेका हुन् । टेस्लाका कयौं आविष्कारहरु धेरै मानिसले सिमित स्वार्थ पुर्ति गर्न दुरुपयोग गरेका थिए । आफ्नो आविष्कारको दुरुपयोग नहोस् भनेर उनी आविष्कारक सँगसँगै व्यवसायी पनि वनेका हुन् ।

उनी सानै उमेरदेखि इनोभेटिभ भएपनि, उनी र उनको व्यवसाय गुगलकै कारण चर्चित छ । सन् १९९८ मा रसियन मुलका अमेरिकि सर्जे ब्रिनसँग मिलेर स्थापना गरेको गुगल संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन हो । ब्रिनसँग उनको भेट स्टानफोर्ड युनिभर्सिटिमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गर्दा भएको हो । उनहरुले १ मिलियन अमेरिकी डलर खर्चेर गुगल स्थापना गरेका हुन् । जसका लागी उनले परिवार, साथिभाइ तथा अन्य लगानीकर्ताबाट लगानी जुटाएका थिए ।

उनी भन्छन् संसारकै सबैभन्दा दरिद्र काम भनेको कसैले केहि गर्न खोज्दा ‘नो’ भन्नु हो । र यदि तपाईले नो भनिहाल्नु भयो भने तपाईको त्यो जिम्मेवारी हो कि उसलाई सहि बाटो देखाएर काम पुर्ण गर्न मद्दत गर्नु ।

 

सम्बन्धित समाचार

Advertisement