भक्तपुरको रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गरिने

अनलाइन दर्पण 2019-05-18
img

भक्तपुर । भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गरिने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो।

भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माण र सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ।

 नगरपालिका र नेपाली सेनाले समन्वयमा रानीपोखरीको क्षेत्रफल यकिन गर्ने र त्यसको आधारमा नगरपालिकाले जिर्णाेद्वार गर्ने भएको छ। जिर्णाेद्वारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनर्निर्माण पनि नगरपालिकाले गर्ने सहमति भएको छ।

सहमतिअनुसार पोखरीको क्षेत्र अध्ययन सुरु भइसकेको छ। रानीपोखरी जिर्णाेद्वारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणको लागि खुला गरिने सहमति भएको नगर प्रमुख सुनील प्रजापतिले बताए।

 

सम्बन्धित समाचार

Advertisement