चट्यांग लागेर नवलपरासीमा गाउपालिका सदस्य सहित एकै परिवारका तीन घाइते

अनलाइन दर्पण 2019-05-04
img

अंगद यादव /नवलपरासी पश्चिम २० बैशाख ।

नवलपरासी पश्चिमीमा शुक्रबार बिहान आएको हावाहुरी र चट्यांगमा परि बुवा आमा र छोरा गरी तीन जना घाइते भएका छन् ।

प्रतापपुर गाउँपालिका वडा नं.-६ कठहवा बस्ने ६० वर्षको गोबरी मिया, ५५ वर्षकी हदिसुन नेशा र २५ वर्षको छोरा भुलई मिया गरी तीन जना घाइते भएका छन ।

घर नजिकै रहेको उखु खेतमा ट्रेक्टर ट्रालीमा उखु लोड गरिरहेको बेला हावाहुरी संगै पानी परेको समय ट्रालीको तल बसेको बेला चट्यांग परेको र एकै परिवारका तीन गम्भीर घाइते भएका छन भन्ने घटना स्थलमा बाख्रा समेत मरेको गूठि प्रसौनीका प्रहरीका इन्चार्ज घनश्याम रिमालले जानकारी गराएका छन ।

घाइते मध्ये हदिसुन नेशा गम्भीर घाइते रहेको र उनी प्रतापपुर गाउँपालिकाको सदस्य समेत रहेको रिमालले जानकारी गराउनु भएको छ ।

उनीहरूकाे उपचार भारतको उत्तर प्रदेशको निचलौमा भइरहेको छ ।

सम्बन्धित समाचार

Advertisement