ब्रिज वाटर कप: माइलस्टाेन, ब्राइटफ्युचर र सैनिक क्वाटरफाइनलमा

अनलाइन दर्पण 2020-01-01
img

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, ५ पाैष । सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भक्तपुरको सानोथिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा गत सातादेखी भइरहेकाे प्रथम ब्रिजवाटर कप २०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा माइलस्टाेन, ब्राइटफ्युचर र सैनिक  क्वाटरफाइनलमा  प्रवेश गरेका छन् । 
 
आज भएकाे पहिलाे खेलमा माइलस्टाेन कलेजले डिएभी कलेजलाई ७-६गोलले पराजित गर्यो । साे खेलमाा म्यान अफ  म्याच माइलस्टाेनका सम्राट सुनुवारले हात पारे । त्यसैगरी आजै भएकाे दाेस्राे खेलमा ब्राइटफ्युचरले गोल्डेनगेट कलेजलाई 5-2 ले पराजित गरेकाे छ।  
 
त्यस्तै आजै भएकाे अर्को खेलमा सैनिक आवासिय महाविद्यालयले क्याम्पियन कलेहजलाई  ६-० ले पराजित गर्यो । 
 
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने छन् । फाइनल पुस १२ गते हुने छ ।
 
 

सम्बन्धित समाचार

Advertisement