ब्रिज वाटर कप २०१९ काे तेश्रो दिनको खेलमा गोल्डेन गेट, क्याम्पियन र सैनिकको जित

अनलाइन दर्पण 2019-12-17
img

भक्तपुर १ पुस । मंसिर २९ गते देखि काठमाण्डौको सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले आयोजना गरेको ब्रिजवाटर कप -२०१९ को आज भएको तेश्रो दिनको पहिलो खेलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले व्हाइट हाउस कलेज लाइ ३-१ ले पराजित गरेको छ, साथै उक्त खेलमा म्यान अफ दि म्याच गोल्डेनगेटका सौगात मल्लले हात पार्न सफल भए ।

आजै भएको दोस्रो खेलमा  क्याम्पियन कलेजले श्री सिद्धि मंगल कलेजलाई ५-१ ले जित हासिल गरेको छ भने उक्त खेलमा म्यान अफ दि म्याच क्याम्पियन कलेजका रोनिस प्रजापति ले हात परेका छन् ! 

त्यसै गरि आजै भएको अन्तिम खेल सैनिक आवासीय महाविद्यालय र बानेश्वर क्याम्पस बीच भएको खेलमा सैनिकले  बानेश्वर क्याम्पसलाई ५-० ले हराउदै म्यान अफ दि म्याच पनि सैनिककै कमल गुरुङ ले हात पार्न सफल भए ।

भोलि मिति २०७६/०९/०२ गते तीन खेलहरु  आदर्श जनप्रेमी र श्रमिक शान्ति, न्यु मेलिनिअम र कौस्तुव एकेडेमी तथा सैपाल एकेडेमी र भिमेसोर एकेडेमी बीच हुनेछ।

सम्बन्धित समाचार

Advertisement