किन गर्दैछन् प्रहरले एकल गजल साँझ?

अनलाइन दर्पण 2021-01-17
img

नेपाली साहित्य आकासमा गजल बिधालाई बिकास र बिस्तार गर्न अघि बढीरहेका साहित्यिक स्रष्टा हुन् “बिकास प्रहर”। बिद्यालय तथा कलेजहरूमा गजल बिधाको बारेमा बिद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आईरहेका प्रहरकाे गजल सङ्ग्रह क्यानभासमा तिम्रो तस्वीर २०६५ प्रकाशित छ भने परिमार्जन सहित क्यानभासमा तिम्रो तस्वीर २०६८ प्रकाशित छ।

कवि तथा गजलकार डा. देबी नेपाल भन्छन्,”एउटा गजल पढी सक्दा वा सुनी सक्दा पाठक वा श्रोताका मस्तिष्कमा एउटा स्थायी बिम्ब निर्माण हुन्छ र हृदयमा उत्पन्न तरङ्गले लामो समय सम्म अनौठो प्रभाब पारिरहन्छ। यही नै प्रहरको गजलको शक्ति हो।” प्रहरको गजल पढ्ने वा सुन्ने जो कोहीले पनि मेरै कथा लेख्दिएछ भन्ने नगरेका पनि होईनन्। प्रहर गजलमा जीवन्त भाब राख्न खप्पिस देखिन्छन्। चाहे समसामयिक गजलमा होस् वा श्रृङ्गारिकमा।

उनका गजलहरू सांगीतक रुपमा म्यूजिक भिडियो सहित बजारमा आईसकेका छन्। अझै आउने तरखरमा छन्।

गजल संस्था अनाममण्डलीका सचिब तथा रचनात्मक साहित्यिक समूहका अध्यक्ष रहेका प्रहर संस्थागत रुपमा पनि गजलको बिस्तार र बिकासमा लागि परेका छन्।

२०६४ सालमा दिनेश दाहालको साँगीतिक एकल गजल कार्यक्रम गर्दिएका प्रहरले २०६८ साल देखि गायक तथा संगीतकार राजसागरसँग सहकार्य गरेर एकल गजल साँझ अायोजना गर्दै आईरहेका छन्। भक्तपुर गजल विशेष कार्यक्रम, ताथली गजल महोत्सब पनि गरिसकेका छन्।

उनले यही २०७७ माघ १७ गते शनीबार पनि विशेष गजल साँझ २०७७ आयोजना गर्दैछन्। यश अघि पनि पाँच वटा गजल साँझको आयोजना गरिसकेका छन्। उनले गरेका गजल साँझबाट सामाजिक क्रियाकलापमा सहयोग गर्ने गरेका छन्।

यस पटक विशेष एकल साँझ किन गर्दैछन् त?

उनी पेशाले पत्रकारिता गर्छन्। त्रिपुरा न्यूज साप्ताहिक पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक हुन्।त्रिपुराखबर डटकम का सञ्चालक समेत हुन्।त्रिपुरा न्यूज साप्ताहिक तथा त्रिपुरा खबरडटकमका सम्पादक कुमार अछामी अस्वस्थ भएर बिगत नौ महिना देखि अस्पतालमा उपचार गराई रहेका छन्। पत्रकार कुमार अछामीको उपचारमा धेरै खर्च लागिसकेकोले आर्थिक स्थितिले उपचार खर्च धान्न नसकेका कारण प्रहरले विशेष गजल साँझ गर्न लागेका हुन्।

कार्यक्रमका राज सागरले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रमा उपस्थित हुन टिकटको ब्यबस्था गरिएको छ। टिकट दर रु ५०००/- र २०००/- राखिएको छ। बिरामीलाई संस्थागत तथा प्रायोजन गरेर पनि सहयोग गर्न सकिने छ।

पत्रकार कुमार अच्छामी बचाउ अभियान

बिगत ७ बर्ष देखि सुचना बिभागमा दर्ता भई नियमित रुपमा प्रकाशन हुँदै आएको, संचार जगतमा एउटा छुट्टै पहिचान बनाउन सफल पत्रिका त्रिपुरा न्यूज साप्ताहिकको संस्थापक सम्पादक कुमार अच्छामी २०७७ जेष्ठ १७ गतेदेखि ढाडको नसाको समस्याले अस्वस्थ हुनुहुन्छ। नाईटो मुनिको भाग देखि दुबै खुट्टा नचल्ने भएका छन्। दिशा पिसाब आएको सम्म थाहा पाउनु हुँदैन।उहाँको उपचार बयोधा अस्पतालमा महिना दिन सम्म हुँदा पनि केही नलागे पछि लामो समय सम्म फिजियो थेरापी गर्नु पर्ने भन्दै अस्पतालले डिस्चार्ज गरिदिएपछि हाल प्राकृतिक उपचार केन्द्रमा उपचार गराई रहनु भएको छ। ७ महिना सम्म उपचार गराउँदा ३० /३५ लाख रकम खर्च भईसकेको छ। उपचार खर्च घर जग्गा बेचेर पनि नपुग्ने भईसकेको छ।अझै लामो समय उपचार गराउनु पर्ने डाक्टरको भनाईले उपचार खर्च अझै बढी लाग्ने भएकोले केही साथीहरूले उपचार खर्च जुटाउन थाल्नु भएको छ।

त्रिपुरा न्यूजका तर्फबाट रोगी बिरामीहरूको सहयोगका लागि खर्च जुटाउन अग्रणी भूमिका खेल्नुहुने सम्पादक अच्छामीलाई नै अहिले सहयोगको खाँचो परेको छ। आवाज बिहिनहरूको आवाजलाई समाचारको माध्यमबाट सबै सामू पुरयाउन लागि पर्नु हुने अच्छामी उपचारपछि निको भएर दिन दुखीको सेवामा तल्लिन भई सहयोगको भार तिर्न चाँडै आउने बताउनु हुन्छ।

उहाँलाई बचाउन त्रिपुरा न्यूज साप्ताहिकले "पत्रकार कुमार अच्छामी बचाउ अभियान" थालेको छ। हजुरहरूको सानो सहयोगले उहाँको ज्यान बचाउन सक्छौं। देश बिदेशमा रहनुहुने सहयोगी मनहरूले त्रिपुरा न्यूज साप्ताहिकको प्रभू बैंकमा रहेको खाता नम्बर :- ०१८०११४२३७९०००१२ मा सहयोग रकम जम्मा गरिदिन सक्नु हुनेछ।

थप जानकारीकालागि : बिकास प्रहर- ९८४१२९९३५५
कुमार अच्छामी- ९८४९४८३४६६

तपाइँले गर्नु भएको सहयोगको रकम त्रिपुरा न्यूज साप्ताहिमा, त्रिपुरा खबर डटकम प्रकाशन गरिनेछ।
खाता नम्बर: TRIPURA NEWSWEEKLY
01804237900012
Prabhu bank

सम्बन्धित समाचार

Advertisement