हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियल ल्याउने भएका छन्।
अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को नामबाट जेपीटि क्रिएसन दर्ता गरि सिरियल निर्माण शुरु गरिएको हो। सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ।
यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुनेछ । मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिएको थियो ।