नारायण थापा
चैत्र २८;उदयपुर
एकाएक फुच्छे नेता
गुच्छे आँखा घुमाउदै
उ प्रती कड्किएर बोल्यो
हवोस!जय नेपाल।
गुच्छे "जय नेपाल" कित्ताको हैन
"लाल सलाम "को फुच्छे नेता हो
तर उसले उसलाई "जय नेपाल"गरेर
कित्ताकाट्को सेटिङ्ग मिल्कायो।
"जय नेपाल"पाउने अन्तर्मुखी पनि
"लाल सलाम" कित्ताकै हो
एकै कित्ताको फुच्चेले उसलाई
सेटिङ्ग बाहिर मिल्कायो।
अन्तर्मुखि,बिचार बोकेर हिड्छ रे
ठिक र बेठिक छुट्याएर कुरा गर्छ रे
"बेठिक"लाई ठिक मान्दैन रे
त्यसैले सेटिङ्गबाट मिल्कियो रे।
फुच्छे सङ्ग बिचार छैन रे
जे जे होस ठिक छ मात्र भन्छ रे
त्यसैले सेटिङ्गको लेबुल लगाउने
कलाकार बनेर हिडेको छ रे।
फुच्चेको लेबुल पाए पछि
बिचरो अन्तर्मुखी एकोहोरिएको छ
जीवन भर को मिहनेत सबै
खरानी उडे झै लागिरहेछ रे।
अन्तर्मुखी राजनीती गर्न सक्दैन रे
किनकी उ सेटिङ्ग गर्न जान्दैन
फुच्चेकै हो रे राजनीती अब
किन कि सेटिङ्ग सबै मिलाउछ रे।