चलचित्र ´अनुराग ´ को ट्रेलर शुक्रबार सार्वजनिक हुदै !

अनलाइन दर्पण 2018-08-30
img

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवाल को लगानी का साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को अफिसियल ट्रेलर भदौ १५ गते शुक्रबार युटुब च्यानल ओ यस आर डिजिटल मार्फत सार्वजनिक हुने भएको छ ।

फिल्म ‘अनुराग’को वर्ष २०७५ को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।

उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् |

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

सम्बन्धित समाचार

Advertisement