सुजन अनिमेष अधिकारी
कन्या अर्थात मेरि प्रेमिका
म अर्थात तिम्रो घुम्टो उघार्ने मान्छे
तिमि मान या न मान
आफ्नो ठान या न ठान
मेरो मन सङै जोडियर
तिमि कन्याम भएकि हौ
तिम्रो ओठ जस्तै लाग्छ
यि हासिरहेका तिन पाते सुइरो हरु
हेर म तिम्रो छातीमा खेलि रहदा
नि शब्द
लाज मानिरहेछन वरी परीका
सल्ला हरु धुपि हरु
तिमिलाइ छोइरहदा
थाहाछैन किन
मेरा सिरा धमनि हरु तेज हुन्छन
अनि मिठो रङ्ग मा सुगन्ध घोलेर
उत्तेजित बनाउछौ किन?
किन कन्याम?
तिमि मा पलाएका
ति तिन पाते चिया का सुइराहरु
मलाइ मेरै सन्तान लाग्छन
जब म सङ्गै
जोडिएकि कन्या हौ तिमि
अर्थात कन्याम्।
तिमि लाइ हेर्न आउदा
तिम्रो हर अङ्ग लाइ छुदा
तिमि जवान भए जस्तै लाग्छ
र हर आउने यायाबर हरु
मलाइ छेलेर जिस्काए झै लाग्छ्।
तिमि आफ्नो
रङ्ग मय जादु छरेर हासिरहदा
बादल सङ्ग बयली र
सुसेली हालेर खेलि रहदा
चिसो सिरेटोमा जब
तिमि सङ्ग जोरी खोज्छ
हावा
साच्चि त्यो मलाइ मेरै जार लाग्छ्।
तिमि भित्रको यौबन को राग रोक्न
म पहाड बनेर उभिएको छु
देखेकि छौ नि
तर हावा सक्दिन रोक्न र त्यसैले
आफ्नै जार जस्तो लाग्छ
कन्याम
तिमि बुझ्छौ नि मेरो कुरा।
कन्या तिमि चियाको बोट बन्यौ
म तिमिलाइ छेक्ने पहाड बने
लाग्दैन तिमि एक्लै कन्याम भएकि हौ
म सङ्ग जोडिएर
एक अर्थ पुर्ण नाम पाएकि हौ
किन कि तिमि मेरि प्रेमिका हौ
त्यसैले बिहे पछि थर जोडिय झै
कन्या पछि म जोडियर
तिमि कन्याम भएकि हौ
मैले माया गर्ने प्रेमिका भएकि हौ
मेरो मुटु हौ
मेरी कन्याम्।