आज - ०५ आश्विन २०७५ शुक्रवारको राशिफल

अनलाइन दर्पण 2018-09-20
img

आज - ०५ आश्विन २०७५ शुक्रवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला । - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्बन्धित समाचार

Advertisement