१ हजार ८ सय ७४ बर्षका नेपाली नागरिक !

अनलाइन दर्पण 2017-09-10
img

उदयपुर (अस) । संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला, सय देखि २ सय वर्षसम्मका हुनसक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला ।

तर अचम्म मान्नुपर्दैन उदयपुरको ताप्ली गाउँपालिकाअन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ । राउतलाई हजार वर्षभन्दा माथिको जुनी दिने कुनै दैवी शक्ति पनि होइन, त्यो शक्ति भनेको हाम्रै नेपाल सरकारको निकाय हो इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर ।

तपाईंको उमेर त हजार वर्षभन्दा पनि माथि छ त भनेर जिज्ञासा राख्दा उनी हाँसेर जवाफ दिन्छन्, ‘त्यत्रो त के बाँचिन्थ्यो र बाबु ।’ उनलाई तपाईंको साँच्चिकै उमेर कति हो भनेर प्रश्न गर्दा उनले एकछिन औंलामा हिसाब गरेर ७४ वर्ष बताए । त्यसो हो भने उनको जन्म मिति २००० साल हुनुपर्ने हो । तर दुई/दुई पटक नागरिकता बनाउँदासमेत जन्म मिति २०० साल हुनु भनेको सम्बन्धित कर्मचारीकै तर्फबाट ठूलो त्रुटि भएको देखिन्छ ।

उनले प्रथम पटक नागरिकता बनाएको मिति हो २०४४ चैत २९ गते र पुनः प्रथम प्रतिलिपि लिएको वर्ष हो २०७३ जेठ २० गते । दुवै पटक नागरिकता बनाउँदा उनको नागरिकतामा जन्म मिति २०० साल रहेको पाइएको छ ।

नागरिकता बनाउँन त्यति सजिलो छैन, हरेक कागजातहरू अध्ययन गरेर फाँटवालाले प्रशासकीय अधिकृत हुँदै प्रमुख जिल्ला अधिकारीसम्म चेकजाँचका लागि पठाउँछन् अनि मात्र प्रमुख जिल्ला अधिकारीले रातो मसीले प्रमाणित गरी सही गरिदिन्छन् । यत्रो प्रक्रियासम्म पुग्दासमेत जन्म मिति नहेर्नु इलाका प्रशासनको हेल्चेक्र्याइँ देखिन्छ । आथिक अभियानबाट 

सम्बन्धित समाचार