सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य

अनलाइन दर्पण 2020-05-08
img

काठमाडौं, २६ बैशाख । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न  प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । 

मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । 

सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो । 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे बताएका छैनन् । 

‘हाल आवश्यक नरहेको सामाग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सम्बन्धित समाचार

Advertisement