लकडाउन थप्ने सरकारको तयारी

अनलाइन दर्पण 2020-05-15
img

काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ ।

अति, मध्यम र न्यून जोखिम विश्लेषण गर्दै लकडाउनको मोडालिटीबारे पनि छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । यसबारे सम्भवत भोलि उच्चस्तरीय समन्वय समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव रह्यो’ एक मन्त्री भन्छन् ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।

‘डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्नुस् । एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्नुस् । कम्युनिकेसन राम्रो होस् भन्ने सुझाव पनि आएका छन्’ एक मन्त्रीले भने ।

सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

Advertisement