यी तीन राशीका महिला हुन्छन् आकर्षक

अनलाइन दर्पण 2019-10-16
img

ज्योतिषमा कूल १२ राशी हुन्छन् । सबै राशीका महिला पुरुषको फरक फरक विशेषता हुन्छन् । यीमध्ये तीन राशीका महिलाहरु अन्य राशीका महिलाभन्दा धेरै आकर्षक हुने मानिन्छ । ज्योतिषाचार्य पण्डित मनीष शर्माका अनुसार यी तीन राशीका महिलाको राशीस्वभाव अन्य राशीका महिलाको तुलनामा आकर्षक हुन्छ ।

१. वृष राशी (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

यस राशीका महिलाहरुको व्यक्तित्व निकै आकर्षक हुन्छ । यिनीहरुसँग पहिलोपटक भेटेपछि पुरुष यिनीहरुप्रति आकर्षित हुन्छन् । वृष राशीका महिलाहरु मेहनती हुन्छन् र यही कारण आफ्नो कार्यक्षेत्रमा उच्च स्थान हासिल गर्छन् । यिनीहरुको बोल्ने शैली र सुन्दरताले सबैलाई मोहित बनाउँछ । यिनीहरु सौन्दर्य र कलाप्रेमी हुन्छन् । यिनीहरुको दिमागमा सधैं योजनाहरु बनिरहेका हुन्छन् । यो राशीको महिलाहरुको जवनमा उतार चढावको स्थिति बनिरहन्छ ।

२. मिथुन राशी (का, की, कू, घ, ङ, छ, के, को, हा)

यो राशीका महिला हेर्दा सुन्दर र आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरुको स्वभाव पुरुषलाई आकर्षित गर्छ । यो राशीका महिलाहरुका मित्रको संख्या धेरै हुन्छ । यो राशीका महिलाहरुमा अरुको मनको कुरा पढ्ने षमता हुन्छ । यी स्त्रीहरु बहुमुखी प्रतिभाका र चतुर्याइले काम गर्ने हुन्छन् । यिनीहरुलाई बौद्धिक काममा धेरै सफलता प्राप्त हुन्छ । यी महिला पत्रकार लेखक वा राम्रो योजनाकार बन्न सक्छन् ।

३. वृश्चिक राशी (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

वृश्चिक राशीका महिलाहरु कुराकानीकै बीचमा अरुको मनको कुरा बुझ्न सक्छन् । यिनीहरुको स्वभाव आकर्षक हुन्छ । यो राशीका महिलाहरु तीखो नयन नक्शका हुन्छन् । यिनीहरु धेरै सुन्दर नभए पनि यिनीहरुमा छुट्टै आकर्षण हुन्छ । यिनीहरुको कुराकानी गर्ने आफ्नै छुट्टै तरिका हुन्छ । यो राशीका महिलाहरु बहादुर र भावुक हुन्छन् । यिनीहरुको दिमाग निकै तेज चल्छ यसकारण यिनीहरुलाई झुक्याउनु सहज छैन । यिनीहरु सधैं सही सल्लाह दिनमा विश्वास गर्छन् । यिनीहरु महत्वाकांक्षी र जिद्दी हुन्छन् ।

सम्बन्धित समाचार

Advertisement