भ्रष्टाचारीलाई मन्दिरमा प्रवेश निषेध

अनलाइन दर्पण 2019-03-26
img

भारतको उत्तर प्रदेशमा रहेको भ्रष्टतन्त्र विनाशक शनि नामक मन्दिरमा भ्रष्टाचारहरुलाई  प्रवेश निषेध गरिएको छ ।

जहा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निषेध गरिएको जनाएको छ । निजी जग्गामा मन्दिर बनेको छ ।

मन्दिरमा शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हाका मुर्ति पनि राखिएको छ । साथै उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन पाइदैन तर माटोको दियोमा मात्र बत्ति जलाउन पाइन्छ ।

शनिदेवताले ती मानिसहरुमाथि निगरानी गरुन् भन्नका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको छ ।  २० वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरुलाई पनि छिर्न दिइने नियम रहेको छ ।

सम्बन्धित समाचार

Advertisement