रुँदै-रुँदै पुलिसमा पुगेका पतिले भने: मलाई पत्नीले नोकर बनाइ, न्याय दिनुस

अनलाइन दर्पण 2018-09-26
img

काठमाडौँ । नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला हिंसाका घटना सामान्य मानिन्छन् । दिनहुँ कुनै कुनै महिलाले पुरुषबाट तथा महिलाबाटै पनि हिंसाको सामना गर्नुपरिरहेको छ ।

यहाँ चर्चा गर्न लागिएको भने यसको ठ्याक्कै विपरित घटनाको हो । भारतको उत्तरप्रदेश राज्यस्थित ग्रेटर नोएडाको दनकौर कोतवाली क्षेत्रको एक गाउँका पुरुष रुँदै रुँदै पुलिस चौकी पुगेका छन् ।

उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही माग गरेपछि पुलिस पनि चकित परेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । उनले पुलिसमा दिएको उजुरीमा आफ्नो बिहे तीन वर्ष पहिले भएको उल्लेख गरिएको छ।

बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् ।

उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सताएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् ।

घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् ।

पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Advertisement