मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ । कतिले त्यस्ता मानिसलाई मानसिक रोगी पनि भन्ने गर्छन् । तर मस्तिष्कले बनाएको पहिचानको लोभ गर्ने पनि कम रहेका छैनन् ।
विश्वमा यस्ता धेरै चतुर मानिसहरु रहेका छन् । तर वण्डरलिष्ट मिडियाले दिएको जानकारी अनुसार यस्ता मानिसहरु धेरै भएका कारण आइकिउ टेष्ट मार्फत को कति चतुर छ भन्ने छुटाइएको छ । उनीहरुको तिक्ष्णता सबैलाई आश्चर्यमा समेत पारेको छ । उनीहरुले गरेका हर्कत कारण पनि उनीहरु बेलाबेलामा चर्चामा आइरहेका छन् ।
यिनले विश्वलाई नै आश्चर्यमा पारिदिए जब कम्युटरसँग चेस खेल्न थाले । ग्यारीले ३ सय मिलियन प्रति सेकेण्ड पोजिसनमा रहेको कम्युटरसँग चेस खेली बराबरी गर्न सफल भएका थिए । उनी रसियाका चेस ग्राण्डमास्टर हन् । चेसमा हालसम्म उनी हारेका छैनन् । विश्वका मानिसहरु तब आश्चर्यमा परे जब उनले २२ वर्षको उमेरमा चेसका बादशाह मानिने एनाटोलीलाई कारपोभलाई पराजित गरे ।
नाइजेरियामा जन्मेका फिलिप पेशाले इन्जिनियर, म्याथमेटिशियन, कम्प्युटर साइनटिस्ट र जियोलोजिष्ट रहेका छन् । उनले १९८९ गोर्डन बेल पुरस्कार दुई पटक जित्ने एकमात्र व्यक्ति हुन् । पेट्रोल पत्ता लगाउन कनेक्सन मेसिन सुपरकम्प्युटरको प्रयोगमा उनको योगदानलाई कदर गर्दै आइइइले उनलाई पुरस्कार दिएको हो ।
सन् १९८५ मा मेरिलिन आइकिउमा १९५ अंक ल्याएको मान्दै गिनिज बुकले उनलाई सम्मान गरेको थियो । लगातार उनले पाँच वर्षसम्म आइकिउ टेस्टमा नम्बर एकमा रहेकी थिइन् । उनले विभिन्न क्षेत्रमा सबैभन्दा बढी २२८ सम्म परिक्षण गरेकी थिइन् । उनी परेड म्यागाजिनमा कोलम्निष्ट समेत रहेकी थिइन् । उनलाई पाठकहरुले विभिन्न खाले पजलहरु दिने गर्थे जुन उनले सजिलै हल गरिदिन्थिइन ।
क्रोसियाका गणितका प्रोफेसर मिसलाभ विश्वको दशमध्ये सातौ चतुर व्यक्तिमा पर्छन् । उनी जनरल आइकिउ टेस्टका संस्थापक समेत रहेका छन् । उनी ट्रेड कम्पनीका मालिक र निर्देशक पनि रहेका छन् ।
उनलाई चतुर व्यक्ति भनेर कमैले पत्याउँछन् । लामो समय बारमा बाउन्सरको रुसमा काम गरेका उनले आइकिउ टेस्टमा १९२ अंक ल्याएका थिए । उनी अमेरिकामा टेलिभिजन कार्यक्रम निर्माता रहेका छन् । उनको पपुलर कार्यक्रम चिप्सका कारण पनि उनी चर्चामा रहेका छन् ।
अमेरिकी नागरिक क्रिस्टोफरले आइकिउ टेस्टमा १९५ देखि २१० सम्म अंक ल्याएको बताइएको छ । उनीलाई अमेरिकामा सबैभन्दा स्मार्ट मान्छेको रुपमा लिइन्छ । उनी ६ महिनको हुदाँ बोल्न थालेका थिए भने तीनवर्षको हुदाँ सरर पढ्न थालेका थिए । उनले ‘दिमाग र रियालिटीको सिद्धान्त’ को विकास गरेका थिए ।
डाक्टर इभानगेलोस पेशाले मेडिकल डाक्टर तथा साइक्याट्रिक हुन् । उनले आइकिउ टेस्टमा १९८ स्कोर ल्याएको बताइन्छ । उनले मेडिकल रिसर्च टेक्नोलोजी र साइकोफर्माकोलोजीमा डिग्री हासिल गरेका छन् । उनी विश्ब इन्टिलिजेन्स नेटवर्कका संस्थापक समेत हुन् । उनी कुशल पेन्टर र पौडीबाज पनि हुन् ।
आइकिउ टेस्टमा २१० स्कोर गरेका कोरियन इन्जिनियर चायल्ण प्रोडिजीमा मास्टर गरेको बताइन्छ । ६ महिनाको उमेरमा उनी कोरियन भाषा बोल्ने र साथै अन्य भाषाहरु पनि बुझ्ने बताइएको छ । ३ वर्षको उमेरमा उनले कोरियन, जापानिज, जर्मन, र अंग्रेजी भाषामा पढ्न थालिसकेका थिए । उनले कठिन पजल पनि हल गर्न सक्थे । आइकिउ टेस्टमा सबैभन्दा उच्च अंक ल्याउनेमा उनको गिनिज बुकमा रेकर्ड पनि बनेको थियो ।
हिराता बाल्यकाल देखिनै अतिनै चतुर रहेका थिए । उनले १३ वर्षको उमेरमा नै इन्टरनेशल फिजिक्स ओलमपिएडमा गोल्ड मेडेल जितेका थिए । १६ वर्षको उमेरमा त हिराता नासामा हाम गर्न थालिसकेका थिए । २२ वर्षको उमेरमा उनले प्रिस्टन विश्वविद्यालयबाट पिएचडी गरेका थिए । हाल उनी क्यालिफोनिर्या इन्सिच्युट अफ टेक्नोलोजीमा एस्ट्रोफिजिक्स पढाउने काम गर्छन् । यिनको आइकिउ टेस्टमा २२५ अंक ल्याएको मानिन्छ ।
यिनको आइकिउ स्कोर २३० रहेको छ । अष्ट्रेलियामा जन्मेका चाइनिज अमेरिकन टाओ पेशाले म्याथमेटिसियन हुन् । उनले २० वर्षको उमेरमा प्रिस्टन विश्व विद्यालयबाट पिएचडी गरेका थिए । त्यस्तै २४ वर्षको उमेरमा सबैभन्दा कान्छो प्रोफेसर भएका थिए । उनलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको पनि छ । उनले स्याटमा ७६० स्कोर गरेका छन् ।-एजेन्सी