यी हुन पुरुषसँग नभई रुखसँग विवाह गर्ने महिला

अनलाइन दर्पण 2018-04-12
img

काठमाडौं । मेक्सीकोका एकल महिलाले पुरुषसँग नभई रुखसँग विवाह गरेका छन् ।

उनीहरुले पतिका रुपमा रहेका रुख उनीहरुसँग बोल्न नसके पनि आफ्नो पति भएको स्वीकारेका छन् ।

रुख आफ्ना पत्नीभन्दा निकै अग्ला छन् । रुखको त थाहा भएन तर रुखका पत्नीहरु भने आफूले पति वरण गरेका रुखसँगै जीवन बिताउन तयार भएको बताएर सबैलाई चकित पारेका छन् ।

हामीलाई थाहा भएकै कुरा हो, संसारका प्राणीलाई चाहिने अक्सिजनको पूर्ति रुखबाटै हुन्छ । पछिल्लो समय वन विनाश निकै भइसकेको छ । यही कुरालाई आत्मसात् गर्दै ती महिलाले रुखसँग विवाह गरेको बताएका छन् ।

विवाहका लागि ती महिलाले सेतो हगमा सजिएका थिए । विवाहमा केही महिला तथा पुरुषहरु उपस्थित भएको समाचारमा आएका तस्बिरहरुमा देख्न सकिन्छ ।

अझ उनीहरुले रुखको फेदलाई चुम्बनसमेत गरेका छन् । हो, रुखले पुरुषले दिने किसिमको सम्बन्ध दिन सक्दैनन् तर रुख हाम्रा लागि अपरिहार्य छन् ।

ती महिलाहरुले सान जासिन्टोको एमिलपसस्थित ओअक्सा राज्यमा अवैध रुपमा रुख कटान भएको र यसका लागि ध्यान आकर्षित गराउन आफूले रुखसँग विवाह गरेको बताएका छन् । 

मेक्सिकोका एक तृतीयांश भूभाग वन जंगलले ढाकेको छ । गुन्डाहरुको रजगजमा त्यहाँका धेरै रुखहरुको तस्करीसमेत हुँदै आइरहेको छ ।

सम्बन्धित समाचार

Advertisement