कम्युनिस्ट पार्टी -आन्दोलनको जगमा र कार्यकर्ता को अनुशासनमा स्थापित पार्टी

अनलाइन दर्पण 2020-07-05
img

  सुरेश प्रसाद निरौला

कमरेड –पुष्पलाल श्रेष्ठ देखी कमरेड केपी शर्माओली सम्म आईपुग्दा - नेपालमा कम्युनिष्ट पार्टीको उदय २००६ सालमा क. पुष्पलाल बाट सुरु भई त्यसपछीका नेतृत्व दाई भुमिकामा रही पूर्वी कोडिनेसन, माले देखी हाल नेकपा सम्म आईपुग्दा क. सिपी मैनाली, क. झलनाथ खनाल, क. मदन कमार भन्डारी, क.माधव कुमार नेपाल, क. मनमोहन अधिकारी, पुनः क. माधव कुमार नेपाल, क. झलनाथ खनाल, र क. केपी शर्मा ओली हुदै हाल क. केपी शर्माओली र क. पुष्पकमल दाहाल “प्रचण्ड” ले नेकपाको संयुक्त नेतृत्वदाई भुमीकामा रही नेतृत्व प्रदान गरीरहनु भएको छ ।        

म एउटा कुरामा प्रष्ट छु की हाम्रो कम्युनिष्ट पार्टी नेकपा मित्र अहिले सम्मका नेतृत्वकर्ता, वा नेता कार्य कर्ताहरु अयोग्य, असक्षम भ्रष्ट, चरित्रहीन आदी छन् भन्ने कुरामा म आफु विस्वास पनि गर्दीन र म सहमत पनि हुन सक्दीन । वरु काम गर्ने हरुवाटै कही, कतै, केही कमिकमजोरीहरु भने भएका हुन सक्छन तर मलाई लाग्छ, त्यसलाई पनि पार्टीले साथै सरकारका संयन्त्रहरुले छानविन गरी पार्टी कार्य कर्ताहरु साथै जनता समक्ष ल्याइ प्रष्टपारी सकेमो जस्तो मलाई लाग्छ किनभने हाल सम्म नेकपाका नेतृत्व वा नेतागणहरु यस्तो अभियोगमा प्रमाणित भई कारवाहीमा भने पर्नु भएको छैन् । आरोप–प्रत्यरोप सामान्य कुरा हो यसले केही अर्थ राख्दैन् ।
एउटा कुरा म पूर्व माओवादीका नेता वा कार्यकर्ताहरुलाई भने तेतीराम्रो संग चिन्दीन र उहाहरुले पनि मलाई तेती नजिकवाट चिन्नु  हुन्छ जस्तो लाग्दैन तर यो सामान्य कुरा हो । किन भने हाम्रो कम्युनिष्ट पार्टी भित्र टुट–फुट–र जुटका कायक्रमहरु समय परिस्थिती अनुसार भइ रहन्छन् । त्यसैले यो कम्युनिष्ट पार्टी हो । इतिहासले पनि सवै कुराहरु यही बताउछ, नत्रभने विश्वको कुरा छाडौ हाम्रो देश नेपालमा भने कप्युनिष्टहरु संग अरु कुनै पार्टीहरुको तुलना पनि हुन् सक्दैन थियो तर जे होस ................. । 

मल्टी पार्टी सिस्टममा पार्टी भनेको कसैका बुवाले दिएको अंश वा आमाको पेवा जस्तो भन्ने हुदैन, व्याक्ती गौड हुन्छ, पार्टी नै सर्वो परी हुन्छ । पार्टीको विधी–विधान, निति–कार्यक्रमहरु आ–आफ्नै हुन्छन, त्यसैले त्यसैलाई समाएर नेतृत्व कर्ताले सहमती,सम्वाद र सहकार्यबाट नै पार्टीलाई नेतृत्व गर्नुपर्ने हुन्छ । मिटिङ्ग–भेला, सभा–समारोह, आलोचना–सोआत्मा आलोचना यसका विधी हुन् जस्तो मलाई लाग्छ,  किन भने भुमिगत पालाका कुरा छोडौ मैले पनि............ 

- २०४७ साल देखी ०५० साल सम्म पार्टी केन्द्रीय कार्यालयको होलटाइमर (पूर्णकालीन) रही कार्य गरी सकेको ,  
- २०५० साल पछी २०६२ साल सम्म काठमाण्डौको विशेष जिल्ला कमिटि, काठमाण्डौ जिल्ला कमिटि सदस्य रही कार्य गरिसकेको , 
- पाँचौ, छैटौ, सातौ र आठौ राष्ट्रिय महाधिवेशनहरुमा सचिवालय सदस्य, उप समितिहरुको सदस्य, राष्ट्रिय महाधिवेशन स्वयम सेवक समुहको सदस्यमा कार्य गरी सकेको , 
- पिपुल्स भोलेन्टियर्स केन्द्रिय कार्यलयको सचिव, केन्द्रिय समुहको सदस्य, काठमाण्डौ जिल्लाको प्रमुख र थप उपत्यकाको कार्य हेर्ने गरि दिइएको जिम्वेवारी पनि पुरा गरि सकेको ,
- जिफन्ड द्वार संचालित सडक मजदुर हेर्ने गरि दिइएको जिम्मेवारी पनि पुरा गरिसकेको , 
- चार –चार पटक मन्त्रिको स्वकिय सचीव भै कार्य गरिसकेको । मन्त्रालयहरु संचार, उर्जा, स्वस्थ्य र शिक्षा मन्त्रालय हुन ,  
- २०६२ साल पछी २०६६ साल सम्म कोशी अंचल सम्पर्क कमिटिको सदस्य र अध्यक्षको भुमिकामा रही कार्य गरीसकेको , यसै अवधि भित्र मदन भण्डारी फाउण्डेसनको खेलकुद समितीको सदस्यमारही कार्य गरेको, 
- २०६६ साल पछी मदन–आश्रृत प्रतिष्टानको बोर्ड सदस्य र मदन आश्रृत प्राविधीक शिक्षालयको कार्यक्रम निर्देशकको रुममा रही हालसम्म कार्यरत छु, मेरो संगठीत सदस्य हाल वाड नं ३२ पार्टी कमिटी कोटेश्वरमा छ भने अव मेरो के सिँग, जुरो पलाउन बाकी रहयो मलाई पनि थाहा छैन, यि सवै कुराहरु समय र परिस्थितीले नै बताउने छ तर जेहोस ..........। 
तर यसै बिचमा मलाई एउटा कुरा भन्न मन लाग्यो हाम्रो पार्टी भित्र जव कुर्सियल अवस्था आयो त्यस समयमा त हामीहरु सवै नेता–कार्यकर्ताहरुले सहजीकरणको भुमिका र्निवाह गर्नु पर्ने हो होइनर ? तर यहाँ त नेपाली डिस्नेरी मित्र रहेका जती पनि अपशब्दहरु छन् ति शब्दहरु प्रयोग गरी नेतृत्व र नेताहरुलाई त्यो पनि सामाजीक संजालै भरी (फेसबुक,वाल, टुइटर, अनलाइन,...आदी)  गरेको सम्मान सुन्दा, देख्दा ति नालायक नर–पशुहरु के नेकपाकै सदस्यहरु हुन त ? यसमा मलाई शंका लागेकोेछ, किनकि कम्युनिष्ट पार्टीकै सदस्यहरु त यति  तल त नझर्नु पर्ने हो होइन ?  

कमरेडहरुहो यदी यिनिहरुनै सदस्यहुन भने अव नेकपाको भविष्य कताजाने हो, यो समय र परिस्थितीले  नै वताउला, हाम्रो फलामे अनुशासनको अस्तीत्व कहाँ पुग्यो, अनि हामी कहाँ पुगेऊ, एक पटक आफुहरुले आफैलाइ सम्झीउ त । हामी सवै नेता–कार्यकर्ताहरुले समयमा नै यसको व्यवस्थापन गर्न सकेनौ भने मलाइ लाग्ने कोरोना तपाइहरुलाई पनि नलाग्ला भन्न सकिदैन त्यसैले समयमा नै सम्यमीत हौ, सवैलाई चिनौ, आफुलाई नचिनाऊ, यो भन्दा अगाडी कसैलाई जान  नदिउ यसैमा  हामी सवैको कल्याण हुनेछ ।       
नेपालीमा एउटा उखान छ– भनिन्छ नि “मलाई खाने बाघले तलाई पनि खान्छ” –बुढी मरीन होइन – काल पल्कियो भन्ने कुरा यो किन भनिन्छ ? सुन्नुहोस सवै पार्टीहरु सवैलाई मन नपर्न सक्छन, सवै नेताहरु सवैलाइ मन नपर्न पनि सक्छ, सवै कार्यकर्ताहरु नेताहरुलाइ पनि मन नपर्न सक्छन । तर मन नपर्दैमा हात, खुट्टा छोडी हाल्ले, थुतुनो चलाइ हाल्ने, मान मर्दन गरी हाल्ने, राष्ट्रवादी र राष्ट्रघाति देखीहाल्ने, अरुले शत्रुवत गर्ने व्यवहारआफै  भित्र सुरु गरीहाल्ने, आफ्नो हैसियत बिर्सने, कमरेडहरुहो “विनाश्च काले विपरेच बुद्धी” भनेको यहि हो ।

कसैको सम्मान गर्न सक्नुहुन्न भने –कसैको अपमान पनि नगर्नुहोस, पार्टी व्याक्तीवाट होइन समुहवाट चल्दछ । सवै नेतृत्व र नेताहरुको आ–आफ्नो ठाऊमा आ–आफ्नै अहम भुमिका र कुशल कार्यकर्ताहरुको निरन्तरता र असल योगदानले नै यो पार्टी आज यहासम्म आइ पुगेको हो । यो पार्टीलाई सवै नेतृत्व, नेता र कार्यकर्ताहरुको आवश्यकता छ । तपाईहरुले दिइएका अभिव्यक्तिहरुले भने पार्टी एकता होइन –पार्टी फुटको संघार तिर जादै छ, अव त्यो नेतृत्वलाई के मुख देखाउनु हुन्छ ? अनि कसरी यि सवै हाम्रा नेताहरु हुन भन्न सक्नु हुन्छ ?त्यसैले गल्ति गरेर पछुताउनु भन्दा पहिले नै बिचार गरेर लेख्ने, बोल्ने हो कि ? अनि तपाइहरु आफु चाइ नाङ्गै हुनुहुन्छ तर हामीहरुले लुगा लगाएका छौ भन्नु हुन्छ भने हामीहरुले पनि कि आँखा चिम्लिएर हिडनु परयो , कि तपाईहरु माथी ढुङ्गा बर्षाउनु परयो होइन र ? यसैले भनिन्छनी “कुण्ड कुण्ड पानी – मुण्ड मुण्ड बुद्धी” भनेको यही हो । 
कतै चेतना भया 

 

 

सम्बन्धित समाचार

Advertisement