पार्टी निर्माणका लागि नेतृत्वको निर्णयलाई आत्मसात गर्नु पर्छ

अनलाइन दर्पण 2019-08-08
img

  अमृत राउत

सबै कुराहरूको निर्माण इतिहास बाट  हुन्छ इतिहास बिना बिगत बर्तमान र भबिस्य शून्य प्राय हुने गर्दछ।त्यस्तै दोलखाको नेपाल कम्युनिस्ट पार्टीको इतिहास लाई पनि त्यसै गरि नियालेर हेर्दा उतम होला,पार्टी निर्माणका क्रममा गाउँ -गाउँ मा भुमिका खेल्ने श्रदय कमरेडहरु र नेतृत्व गर्ने नेताहरु लाई सम्मान नगर्ने र तीखो सब्दमा भन्दा पार्टी भित्र र बाहिरको उभार देखेर पार्टी लाई सुन्याउन आएका आयातित कमरेडहरु लाई चित बुझाउन र उनिहरुलाई दायाँबायाँ राखेर नेतृत्व हिंड्दा गरेका निर्णयले असली कार्यकर्ता पलायन हुने र परेको बेला आयातीत ले अन्तरघात गर्नाले पार्टी लाई ठुलो नोक्सान पुर्याउन सक्छ।

यसरी कुसल संगठक ले इ कुराहरुमा ध्यान नपुग्ने हो भने शरीर भित्र पानी भरिएर सुनिएको शरीर जस्तो हुनेछ संगठन ।हेर्दा मोटो देखिने तर शरीर मा मासु को सट्टा पानी भरिएको जस्तै नेताको अघि- पछि पुरै भिड पर्दा उधोग बाणिज्य संघको चुनाव जस्तै।यसरी संविधान सभाको चुनाव ०६४/०७० , संघ, प्रदेश र स्थानीय तहको चुनाब किन नहोस त्यो तहमा भुमिका खेल्ने र पार्टी प्रती बफादार ,परेको बेला पार्टीका निर्णयका लागि जे त्याग्न सक्ने कार्यकर्ता र अवसर प्राप्त गर्न आएको नेताकार्यकर्ता बिच नेतृत्व मा  मुल्यांकनको आधार बनाउनु पर्ने आजको आवश्यकता रहेको छ।

एमाले मा रहेर संगठन राम्रो काम गरेर बसेका कयौं कार्यकर्ता - नेता माओवादीको जनयुद्धकालमा  सरिक भए माओवादी पार्टीको नेता बने फेरि पनि माओवादी र एमाले एक हुने राम्रा कार्यकर्ता पलायन भएर अरु पार्टीको मल हुने परिस्थिति नबन्ने बाताबरण को सृजना गर्नु आजको नेतृत्वको आवश्यकता हो।बैशाख ३० गते सम्पन्न उद्योग बाणिज्य सघ दोलखाको निर्बाचनको निर्मम समिक्षा गर्नु आवश्यक रहेको छ।त्याहा ब्यक्तीको कुरा गौण छ पार्टीको कुरा महत्वपूर्ण रहेको पाइन्छ ।

पार्टी ले निर्णय गरिसकेपछि त्याहा ब्यक्तिगत सम्बन्धको कुनै मत्लब हुदैन।तर त्याहा आफू लाई चाहिदा पार्टीलाई दुहुनो गाइको रुपमा प्रयोग गर्ने र आफुले गर्नु पर्दा माखो नमारी सत्रुको तिर पल्ला भारी बनाउन भुमिका खेल्ने प्रवृत्ति हाबी हुँदै गएको छ।यो निर्बाचनमा सुन्दर कार्कीको हार हैन सुन्दरले त एमाले एक्लै हुदा नि जितेको हो तर एमाले र माओवादी एक हुदा नि किन प्रगतिशील ब्यापारीले जित्न सकेन भने कुरा मुख्य रहेको छ अहिले को अवस्थामा यो कुरा नेतृत्व लाई मात्र प्रश्न गरेर दोश थोपारेर हामी बच्ने वाला छैनौ यस्को भागेदार हामी सबै हुनुपर्ने छ।यो अरुको घरमा काल पस्यो भनेर खुच्यु लगाउने अवस्था हैन अब बिस्तारै यो कालले गाउँ नै सिध्याउन सक्छ भनेर सजग बनेर बस्ने अवस्था नेकपा दोलखा को रहेको छ।

सम्बन्धित समाचार

Advertisement