भक्तपुरको किलेश्वर सहकारीको ठगी धन्दा किस्ता तिर्दै गरेको गाडी उठाइ ऋणीको उठिबास

अनलाइन दर्पण 2023-01-25
img

भक्तपुर । विभिन्न बेथितिका कारण आत्मदाह गर्न बाध्य भएका प्रेम आचार्यको जस्तै अवस्था भएको छ भक्तपुर चाँगुनारायणको किलेश्वर सहकारीका कारण प्रेम कुमार खत्रीको पनि । 
किलेश्वर बचत तथा ऋण सहकारीका कारण दोलखा जिल्लाका हाल भक्तपुरको सल्लाघारी बस्दै आउनुभएका प्रेम कुमार खत्रीको जीवन पनि प्रेम आचार्यको जस्तै डिप्रेसनमा पुगेको छ । 
चाँगुनारायण नगरपालिका ४ मा अवस्थित किलेश्वर बचत तथा ऋण सहकारीको ठगीका कारण खत्री हाल मर्नु न बाँच्नुको अवस्थामा पुग्नुभएको छ । 
किलेश्वर सहकारीबाट हायर पर्चेजमा २०७९ पुस १ गते १८ लाख लोन लिएर स्करपियो चलाउन थालेका खत्रीलाई हाल सहकारीले किस्ता तिर्दा तिदै गाडी उठाइदिएपछि मर्नु न बाँच्नु भएको छ । 
आफूसँग भएको केहि रकम र मसिक ५० हजार साँवा र व्याज तिर्नेगरी पाँच वर्षका लागि ऋण लिएका प्रेम कुमारले नियमित नै साँवा र व्याजको किस्ता दिदै आएका थिए । 
तर एक्कासी सहकारीले २०७९ असार ३० गते इलाका प्रहरी कार्यालय काँकडभित्तालाई पत्र लेख्दै खत्रीलेले २०७८  साल जेठ महिना देखि किस्ता नै तिरेका छैनन गाडी उठाउन सहजता गरी पाउँ भनी पत्र लेखि गाडी उठायो । उनको सात्तो त तव उड्यो अघिल्लो महिनाको किस्ता तिरेका उनी साउन ३ गते अर्को किस्ता तिर्न ठिक्क परेका थिए । 
केहि प्रविधिक समस्यका कारण गाडी उठाइयो होला भनी उनी २०७९ साउन ३ गते सहकारी पुगी मैले त समयमा किस्ता तिर्दै आएको छु किन गाडी उठाउनुभएको भनी निवेदन गर्दा उनीहरुले पुन प्रहरीलाई पत्र लेख्दै ७९ साउन ९ गते खत्रीलाई गाडी जिम्मा लगाईदिनु उहाँले समयमा किस्ता तिर्दै आउनुभएको रहेछ भनी पत्राचार गर्यो तर प्रहरीले गाडी दिन मानेन । सहकारी आफै गएर गाडी उठाएर ल्यायो र सहकारीले आफैले भोग चलन गर्दै आएको पनि छ । 
हाल खत्रीको आम्दानी हुने गाडी सहकारीले उठाएको छ । कमाई खाने कुनै स्रोत छैन सहकारी भन्छ सबै पैसा तिर र लैजा नत्र लिलामी गरीदिन्छु । जवकी उनले समयमा नै मासिक ५० हजारका दरमा किस्ता तिर्दै आएका छन् । पाँच वर्षमा चुक्ता हुने गरी लिएको लोन अहिले नै चुक्ता गर्न सहकारीले धम्की दिन थालेको उहाँ बताउनुहुन्छ । 
किलेश्वर सहकारी र उक्त सहकारीका अध्यक्ष विकास विक्रम महर्जनका कारण हाल प्रेम कुमार खत्री डिप्रेशनको सिकार हुन पुगेका छन् । 
सहकारीको बदमासी र बदनियतका कारण कयौं मानिस हाल ठगीन बाध्य भएका छन् । हायर पर्चेजका नाममा सहकारीले मिटर व्याज नै लिने गरेको उपभोक्ताहरु बताउँछन् । 
सहकारीका पूर्व अध्यक्ष स्थानीय निकायका पनि पूर्व वडा अध्यक्ष भएको र अमुख राजनीतिक शक्तीका भरमा गरीखाने बर्गलाई सोसण गरिदै उनीहरुलाई उठीबास लगाउन सहकारी तत्पर भएर लागेको पिडित खत्रीले बताउनुभयो । उहाँ भन्नुहुन्छ मेरो त कमाई खाने किस्ता तिर्ने बाल बच्चाको स्कुल फि तिर्ने र उनीहरुको लालनपालन गर्ने आम्दानीको स्रोत नै सहकारीले ठगी गर्दै उठायो अव म प्रेम प्रसाद आचार्यले जस्तै आत्मदाह गर्नुको विकल्प छैन । 
अहिले त ठगहरुको रामराज्य रहेछ हामी जस्ता गरी खाने वर्गले मरे पनि हुने भयो उहाँले आँसु खसाल्दै भन्नुभयो । 

सम्बन्धित समाचार