सेवा कामना बहुउद्देश्यीय सहकारीको सेवा आरम्भ

अनलाइन दर्पण 2021-07-17
img

  अनिल फोजू

भक्तपुर, १ साउन २०७८, शुक्रबार । भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । कोरोना भाइरसलाई मध्यनजर गरेर सेवा कामनाले ब्याबसायी एबम सहकारीकर्मीद्वय श्री सुनम सुब्बा र श्री बिकाश घटुवा ज्यूले रिबन काटेर संस्थाको उद्घाटन गरेको हो । 

भक्तपुर नगरपालिकाको कमलविनायक स्थित उक्त सहकारीको केन्द्रीय कार्यालय स्थापना गरेको छ । 

बाग्मती प्रदेश सहकारी ऐन अन्तर्गत स्थापित सेवा कामनाको सेवा भक्तपुर ,काठमाडौं र ललितपुर कार्यक्षेत्र छ । 

पाँच करोड संस्थाको शेयर पुँजी रहेको उक्त संस्थामा दशकौं लामो समय देखि वित्तीय क्षेत्रमा कार्य गरी अनुभब प्राप्त सफल व्यक्तिहरु यस संस्थामा व्यवस्थापन तहमा रहेको छ । 

समुदायमा छरिएर रहेको ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकिकृत गर्दै सदस्यहरुलाई उचीत प्रतिफल दिन र संम्भावित व्यवसायीक क्षेत्रहरुको पहिचान गरि सदस्यहरुलाई सहभागी गराउँदै उपलब्ध श्रम, सीप परिचालन गरि स्वरोगारमुलक गरि संग(संगै लैजाने यस संस्थाले प्रतिबद्धता राखेको छ । 

यस सेवा कामनाले निक्षेप योजनाहरुमा चल्ती बचत खाता, सेवा कामना श्रीमान(श्रीमती बचत , सेवा कामना उप(डाउन बचत, सुनौलो भविष्य बाल बचत ,महिला अवधि बचत, दैनिक अवधि बचत, सेवा कामना ज्येष्ठ नागरीक बचत, सेवा कामना अवधि बचत ,सेवा कामना आवधिक बचत र कर्जा तथा सापट योजना सेवाहरु प्रदान गरिने छ । यस सेवाले विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गर्नेछ ।

सम्बन्धित समाचार