नेपाली एक हजारको नोट पनि नक्कली

अनलाइन दर्पण 2019-08-08
img

उदयपुर । नेपाली एक हजार दरका नोट पनि नक्कली रहेको भेटिएको छ । बुधवार मात्र उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई बस्ने मोहम्मद अनिल मियाबाट ४१ वटा हजारका नोट फेला परेको हो । प्रहरीका अनुसार, मियाको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको अजस्थामा थप ३९ वटा नक्कली नोट फेला परेको हो ।
मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएकोमा सो नोट नक्कली रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा थप नोटहरु फेला परेका हुन् । उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार

Advertisement