समग्र चाँगुनारायणको बिकासका लागि मेयरमा मेरो दाबेदारी

अनलाइन दर्पण 2022-04-22
img

*तपाइँको परिचय दिनुहोस् न।

- म जयन्द्र खड्का।चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ्गमा बस्छु। अासन्न स्थानीय निर्बाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मेयर पदको दाबेदार हुँ हाल चाँगुनारायण नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष हुँ।

* वडा अध्यक्षनै हुनुहुँदो रैछ। जनप्रतिनीधि भैकन फेरि जनप्रतिनीधिकै दाबेदारी किन गर्नु भयो? अरुलाई पनि त पालो दिनु पर्ला?

- म अहिले वडाको जनप्रतिनीधि हुँ। तपाइँले भने जस्तै वडा अध्यक्षको दाबेदार हैन। राजनीतिकर्मी साथीहरूलाई पालो दिनुपर्छ भनेर मैले वडा अध्यक्षमा दाबी गरिन।मैले समग्र नौ वटा वडाको जिम्मेवारी लिन मेयर पदमा दाबी गरेको हुँ।

* नेपाली कांग्रेस पार्टीबाट राजनीति गर्ने सहकर्मी अरु पनि हुनु हुन्छ होला? तपाइँलाई नै मेयरको टिकट किन दिने?

- नेपाली कांग्रेसको तर्फबाट मेरा अग्रजहरू प्रबिन बन,यादब अधिकारी , जीवन खत्री, सहकर्मीहरू शिबहरि केसी,सरु बानीया,लगायत हुनुहुन्छ। म लगायत सबै टिकटका लागि सक्षम छौं। अा अाफ्नो स्थानबाट नेपाली कांग्रेस पार्टी सुदृढीकरणमा लागि परेका छौं। हामी मध्य एकलाई सर्बसम्मत गर्न सकेनौं। सबै प्रतिष्पर्धाका अाधारमा टिकटको दाबेदार रहेका छौं। म जनप्रतिनीधि भएर काम गरिसकेको छु। जनताहरूमा म भिजिसकेको छु। पार्टीको सुदृढिकरणमा सधैं क्रियाशिल छु। प्रतिपक्षको गढ धोस्त पारेर नेपाली कांग्रेसको बिरासत कायम गर्न सफल पनि भएको छु। नगरपालीकाको गैरजिम्मेवारी क्रियाकलाप,कर्मचारीको तन्त्रको स्थानीयलाई दुःख दिने प्रबृत्तिको बिरुद्ध बुलन्द अावाज निकालेर नेपाली कांग्रेसको पनि प्रतिनिधित्व छ है भन्ने प्रष्ट्याएको छु। बिकास निर्माणमा सक्रिय रहिरहेको छु। जसकारण पनि मलाई पार्टीले मुल्याङ्कन गरेर टिकट दिन्छ भन्ने लाग्छ।

* तपाइँले काम गर्नु हुन्छ भन्ने त अघिल्लोमा टिकट पाएर जितेर पनि देखाई सक्नु भएका छ। राजनीतिमा चाहिँ कहिले देखि लाग्नु भयो नि?

- म सानै देखि बिपिको बिचारधाराबाट प्रभाबित भएर नेपाली कांग्रेसमा लागेको हुँ। २०४६ सालको जनअान्दोलनमा म पनि होमिएको थिएँ। फागुन ७ गते सुरु भएको जनअान्दोलनमा फागुन ८ गते पुलिसको गोली लागेर म ढलेँ।होसमा अाउदा टिचिङ्ग हस्पिटलमा पाएँ। नेपाली कांग्रेसका बरिष्ठ नेताहरू भेट्न अाउनु भएको थियो। त्यहाँबाट झन् नेपाली कांग्रेस पार्टी प्रति गहिरो छाप परयो। त्यसपछि नेपाली कांग्रेसको विभिन्न पदमा रहेर पार्टीको सुदृढीकरणमा लागिरहेको छु।

* राजनीतिलाई कसरी लिनुभएको छ?

- राजनीति बिशुद्ध समाज सेवा हो। राजनीतिलाई पेशा बनाए भनेर अारोप लाग्ने गरेको छ। मैले यो अारोपबाट मुक्त छु। जनप्रतिनीधि हुँदा प्रलोभनहरू नअाएका हैनन्।कानुन बिपरितका काम नगर्दा विभिन्न प्रोपोगण्डाहरूको सामना गर्नु परयो। तर बिचलित भइँन।यसले राजनीतिमा अाफूलाई निखारिँदै गएको महसुस गरेको छु।

*राजनीतिलाई समाज सेवा त भन्नू भयो।समाज सेवामा कत्तिको सक्रिय हुनुहुन्छ नि?

-समाज सेवामा पनि सानै देखि लागि परेको हुँ बिरामी ,गरीबका लागि सहयोग उठाई दिने देखि २० ७२को बिनासकारी भुकम्प पीडितहरूलाई पाल सहयोग, खाद्यान्न सहयोग अग्र पङ्तिमा रहेर गरेको थिएँ। टहरा निर्माणमा पनि त्यतिकै सक्रिय रहेको थिएँ। कोभीड १९ को महामारीमा पनि अाफ्नो स्वास्थ्यको ख्याल नगरी क्रियाशिल भएर लागेँ। जन प्रतिनिधि भएपछि झन् अाफ्नो तर्फबाट हुने सिफारिस लगायतका काम सहजरुपमा गर्दिएको छु।

* तपाइँले मेयरको टिकट पाउनु भयो र जित्नु पनि भयो भने चाँगुनारायण नगरपालीकाको बिकासकालागि कस्तो खालका योजनाहरू बनाउनु भएको छ नि?

- समग्र ९ वटै वडाको समानुपातिक रुपमा बिकास हुनु पर्छ भन्ने वडा अध्यक्ष मै हुँ। नगरपालिकाबाट वडा वडामा बिकासका कामहरू भेदभाबपूर्ण तरिकाले हुँदा त्यसको बिरोध गरेर सम्पूर्ण वडामा समानुपातिक बिकास हुनु पर्छ भनेर बजेट छुट्याउन लगाएको छु। त्यसैले पनि नगर प्रमुखबाट हुने भेदभाबपूर्ण व्यवहार अन्त्य गर्न र समग्र वडाहरूको समानुपातिक रुपमा बिकास गर्न मेयर पदमा दाबी गरेको हुँ।मैले बिकासका निम्ति धेरै वटा योजनाहरू बनाएको छु। मैले बिदेश भ्रमणका क्रममा देखेको पर्टनको बिकास नगरी बिकास गर्छु भन्ने सपना मात्र हो। त्यसैले पहिलो योजना पर्यटनको बिकास गर्ने रहेको छ। चाँगुनारायण नगरपालिकामा प्राकृति हेर्नकालागि नगरकोट र धार्मिक तिर्थस्थलकालागि एतिहासिक चाँगुनारायण मन्दिर रहेको छ। धार्मीक पर्यटक र प्राकृति हेर्ने पर्यटक भित्र्याएर अार्थिकोपार्जन गर्न सकिन्छ। प्रत्यक वडामा तिर्थस्थलहरू रहेका छन्। ती सबैको प्रचारप्रसार र भौतिक संरचनाहरू निर्माण गरि पर्यटकीय गन्तव्य बनाउनेछु।

* बर्षौं देखि सुनिने नाम हो मेलम्ची। तर चाँगुनारायणमा त्यसको बितरण हुने योजनामै छैन। कसरी चाँगुनारायण नगरपालिकाबासिलाई खानेपानीको ब्यबस्था गरिदिनु हुन्छ नि।

- तपाइँले भन्नू भएको एकदमै ठिक हो। चाँगुनारायणमा मेलम्चि खानेपानीको बितरण गर्ने योजना छैन। तर मैले जितेपछि जनताको घरघर सम्म पानी सहितको धारो पुरयाउने योजना छ। म नेपाली कांग्रेसका नेता रामेश्वर प्रसाद ढुङ्गेलबाट प्रभाबित छु। उहाँले काकाकुल कटुञ्जेबासिलाई पानीको ब्यबस्था गर्दिएर पानी पिताको रुपमा परिचित हुनु भयो जसकारण गाबिस अध्यक्ष र सांसद सम्म जित्नु भयो। उहाँले जस्तै चाँगुनारायणबासिलाई पानी खुवाउन मनोहरा खोला छेउछाउमा ठूलो डीप बोरिङ्ग गरी उपत्यकाको चारैतिर देखिने त्रिशूल डाँडामा ठूलो ट्याङ्की राखेर सबै वडामा बितरण गर्ने योजना बनाएको छु। अहिले भै रहेका खानेपानीको बैकल्पिक खानेपानीका स्रोतहरु मुहान खोल्साहरूको संरक्षण गर्ने छु, प्रत्यक वडामा ५ वटा भन्दा बढी डीप बोरिङ्ग गर्न लगाउनेछु। भक्तपुर नगरपालिकालाई मेलम्चिको पानी पुग्ने भएकाले अहिले भक्तपुर नगरपालिकालाई दिँदै अाएको गडगडेको पानी चाँगुनारायण बासिलाईनै बितरण गर्ने छु।

*सडक निर्माणमा कस्तो भूमिका रहन्छ नि?

- बिकासको पहिलो खुड्किलो नै बिकास हो। सडककोलागि थोरै बजेटमा वडाबाट धेरै कामहरू गरेको छु।६२ वटा बाटोहरू पहिचान गरी नक्सामा भएकोलाई खुलाउने र खोलिका बाटोहरूको स्तरोन्नति गर्नेकाम वडा अध्यक्ष हुँदा नै गरिसकेको छु। ५० बर्ष देखि नेपाली सेनाले रोकेको सडक अहिले सहमतिमा ल्याएर फराकिलो गर्ने काम भईरहेको छ भनेनगरपालिका भित्रका नक्सामा भएको बाटो खुलाउने र भएका सम्पूर्ण सडकहरूको स्तरोन्नतिगरि कालोपत्रे समेत गर्ने छु। घरघरमा सडक पुरयाउनेछु।

* जनतालाई सुशासनको प्रत्याभुति कसरी दिलाउनु हुन्छ नि?

-जनताललाई सुशासनको प्रत्याभुति दिलाउन सबै भन्दा पहिला कर्मचारी तन्त्र स्वच्छ बनाउँछु। फरक अास्थाका अाधारमा जनतालाई सेवा सुबिधामा भेदभाब गर्दिन। सहज तरिकाले सिफारिस दिनेछु। बृद्धभत्ता घरघरमा नै बितरण गर्ने ब्यबस्था मिलाउनेछु।

*अन्त्यमा...

अाधुनिक कृषि प्रणालीको बिकास गरी सिञ्चाई,मल, बीउ उपलब्ध गराउनुका साथै बजारको ब्यबस्था समेत गर्नेछु। युवाहरूलाई स्वदेशमै रोजगारीको ब्यबस्था गर्न कलकारखाना खोल्न प्रेरिरित गर्ने छु। ईटा भट्टा र बालुवा खानी अायस्रोत भए पनि दीर्घकालिन नभएकाले ब्यबस्थित गरि सञ्चालन गर्न लगाउनेछु।अाफैं बिकास निर्माणका काममा उपस्थित हुने हुँदा प्रतिपक्षको मत पनि अाफूले पाउनेमा बिस्वस्थ रहेको छु।जसकारणले पनि पार्टीले टिकट दिनेमा ढुक्क छु।

सम्बन्धित समाचार

Advertisement