हेल्दी हार्टमा  निःशुल्क स्वास्थ्य शिविर

अनलाइन दर्पण 2017-09-03
img

भक्तपुर । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

सहज र सर्वसुलभरुपमा भक्तपुर जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले शनिबार आयोजना  एकदिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५ सय ९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिए। 

शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो।

सम्बन्धित समाचार

Advertisement