काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधीहरुको चलखेल बढेको भन्दै हत्केलाले सूर्य छेक्न खोज्नेको प्रतिवाद गर्न निर्देशन दिएका छन् । उनले अहिले देखिएको अराजक प्रवृतिको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन ।
स्वर्गिय नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय धुम्वराहीमा उनले अराजकता लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार नभएकाले यस्ता प्रवृतिको अन्त्य गरिने बताए । उनले गणतन्त र लोकतन्त्रलाई कलिलैमा निमोठ्ने षड्यन्त्र भएको भन्दै सजग हुन पनि कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष दाहालले विकास र समृद्धिको बाटोबाट समाजवादको दिशा तय गरिए पनि पुँजीवाद र साम्राज्यवादबाट घेरिएकाले हिँड्न असहज भएको बताए ।